सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा | Khabarhub Khabarhub

सिरियाको अलेप्पो सहरको अधिकांश भाग विद्रोहीको नियन्त्रणमा


१५ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सिरियाको अलेप्पो शहरको अधिकांश भाग विद्रोहीले समूहले नियन्त्रण गरेका छन् । सिरियाली सेनाले विद्रोहीहरू अलेप्पोको ‘ठूलो भागमा’ प्रवेश गरेको स्वीकार गर्दै ‘सरकार पक्षधर सशस्त्र बलका दर्जनौँ व्यक्ति मारिएको र अन्य घाइते भएको’ बताएको छ ।

दुई महिना लामो युद्धपछि इजरायल र इरान समर्थित हिजबुल्लाह समूहबीच छिमेकी लेबनानमा युद्धविराम लागू भएकै दिन बुधबारदेखि लडाकुहरूले इरानी र रूसी समर्थित सिरियाली सरकारका सेनाविरुद्ध व्यापक आक्रमण गरिरहेका छन् ।

‘हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहहरू बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्था (सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स) ले भनेको छ, ‘विद्रोहीले शहरको अधिकांश भूभाग, सरकारी कार्यालय र कारागारलाई नियन्त्रणमा लिएको छ ।’

अल–कायदाको पूर्व सिरिया शाखाको नेतृत्वमा रहेको जिहादी गठबन्धन (एचटीएस) ले सिरियाको उत्तरपश्चिममा रहेको इदलिब क्षेत्रको केही भागका साथै छिमेकी अलेप्पो, हामा र लाटकिया प्रान्तका केही भागमा नियन्त्रण जमाएको छ ।

आक्रमणमा टर्कीसमर्थित विद्रोही समूह पनि समावेश रहेको बताइएको छ । यसैबीच, सिरियाली राष्ट्रपति बसर अल असद नेतृत्वको सरकारलाई सहयोग गर्दै आएको रूसले आफ्ना लडाकू विमानले सन् २०१६ पछि पहिलो पटक अलेप्पो शहर क्षेत्रमा आक्रमण गरेको सिरियाली युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

एएफपी टिभीको तस्बिरमा हवाई आक्रमणपछि सहरको केही भागमा व्यापक आगलागी भएको देखिएको छ भने सडकहरू सुनसान देखिएका छन् र एएफपीले लिएको तस्बिरमा सिरियाली टेलिकमको भवन र ऐतिहासिक किल्लाबाहिर विद्रोहीहरूले खुशियाली मनाइरहेको देख्न सकिन्छ ।

केही विद्रोहीहरूले शहरको केन्द्रमा प्रार्थना गरेका थिए र उत्सवमा गोली चलाएका थिए र पछि मध्य अलेप्पोमा पैदल गस्ती गरिरहेका थिए।

प्रकाशित मिति : १५ मंसिर २०८१, शनिबार  ६ : ३२ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले