शीर्ष स्थानको बार्सिलोना पराजित « Khabarhub

शीर्ष स्थानको बार्सिलोना पराजित


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगको शनिबार राति भएको खेलमा तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ। अंक तालिकाको पुछारबाट उठ्न सङ्घर्ष गरिरहेको लास पल्माससँग बार्सिलो २-१ ले पराजित भएको हो।

स्थापनाको १२५ औं वर्षगाँठ मनाइरहेको घरेलु टोली बार्सिलोना ४९ औँ मिनेटमा सान्ड्रे रामिरेजको गोलमा पछि परेको हो। त्यसको १२ मिनेटपछि बार्सिलोनाका कप्तान राफिन्हाले बराबरी गोल गरेका थिए।

खेलको ६७ औँ मिनेटमा लोनमा उल्भ्सबाट लास पल्मास पुगेका फावियो सिल्भाले गोल गर्दै अग्रता बढाएका हुन्। यस संस्करणमा उनको यो पाँचौँ गोल हो। जितपछि लास पल्मास १५ अङ्कसहित तालिकाको १४ औँ स्थानमा उक्लिएको छ।

१५ खेलमा ३४ अंक रहेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा छ। १५ खेलमा ३२ अंक भएको एट्लेटिको म्याड्रिड दोस्रो तथा १३ खेलमा ३० अंक रहेको रियल म्याड्रिड तेस्रो स्थानमा छन्।

JPG converted with https://ezgif.com/webp-to-jpg

शनिबार नै भएको खेलमा रियल भालाडोलिडमाथि एट्लेटिको म्याड्रिडले शानदार जित हात पारेको छ। विजयी टोलीका लागि रोड्रिगो डी पाउल, लेमेन्ट लेन्गलेट, जुलियन अल्भारेज, एन्टेनियो ग्रिजम्यान र अलेक्जेन्डर सरलोथले गोल गरे। भालाडोलिड ९ अंकसहित तालिकाको पुछारमा छ।

शनिबार राति भएको अर्को खेलमा इस्पानियोलले सेल्टा भिगोलाई ३-१ ले हरायो भने डेपोर्टिभो अल्भास र लेगानेसबिचको खेलमा १-१ गोलको बराबरी खेलेको छ। सेल्टा भिगो १८ अंकसहित तालिकाको ११ औँ तथा इस्पानियोल १३ अंकसहित १७ औँ स्थानमा छन्।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ०६ बजे

भोटेकोशी बाढी अपडेट: १३ सय ४४ शव भेटिए, चार हजार ८९८ बेपत्ता

काठमाडौँ – नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढी सम्बन्धी खोज,

लिभरपुलको जितमा ९ मिनेटभित्र दुई गोल

लन्डन– एलेक्सान्डर इसाकको दुई गोल र कोडी गाक्पोको उत्कृष्ट प्रदर्शनको

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

काठमाडौँ – नुवाकोट र रसुवा जिल्लामा हिमताल विस्फोट भई भोटेकोशी

हेटौँडा-काठमाडौँ वैकल्पिक सडक सञ्चालनको तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले हेटौँडा–काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी

कृष्णभीरमा सडक भासिएपछि उपत्यका बाहिर ग्यास भर्न थालियो : कसरी हुँदैछ ‘बोटलिङ’ ?

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा हुन