यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल | Khabarhub Khabarhub

यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार आइतबार बिहान १०ः४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। उपकप्तानमा अर्जुन कुमाल रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रन बनाउँदै अलआउट भएको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

यु-१९ एसिया कपको सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

कोलकत्ता बन्दरगाहबाट १५ लाख बोरा रासायनिक मल नेपाल भित्रियो

काठमाडौं– साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कोलकत्ता बन्दरगाहमा १५ लाख २३

म्याग्दीका महिलाको घरजग्गामा स्वामित्व बढ्दो

म्याग्दी– म्याग्दीमा घरजग्गामा महिलाको स्वामित्व बढ्नथालेको छ । सरकारको अनुकूल

संखुवासभाको सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सङ्खुवासभा– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक

माग्ने बूढा र विजयको क्ल्यास, पल फ्लपको ह्याट्रिकबाट बच्ने संकेत

हेडलाइन…पूर्णबहादुरको सारङ्गीपछि पनि सहायक भूमिकामा देखिँदै नायक विजय बरालदर्शकको प्रतीक्षा

पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर– पाँचथरको हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान गरिएको छ ।