यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल « Khabarhub

यु-१९ एसिया कप : दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिसी यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित नेपाल दोस्रो खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। संयुक्त अरब इमिरेट्स (युएई)मा जारी प्रतियोगिताको खेल नेपाली समय अनुसार आइतबार बिहान १०ः४५ बजे सुरु हुनेछ।

नेपाल क्रिकेट संघ क्यानले हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोलीलाई युएई पठाएको छ। उपकप्तानमा अर्जुन कुमाल रहेको टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिस विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विक, विपिन महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार समेटिएका छन्।

यु-१९ टिमको प्रमुख प्रशिक्षक शक्ति गौचन हुन्। सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान छन्।

समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा श्रीलंकाले दिएको २३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६.२ ओभरमा १७८ रन बनाउँदै अलआउट भएको थियो। पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालमाथि दोस्रो खेल जित्नैपर्ने दबाब छ।

यु-१९ एसिया कपको सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार