यु–१९ एसिया कप : बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

यु–१९ एसिया कप : बंगलादेशविरुद्ध नेपाल ब्याटिङमा


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यु–१९ एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश खेलिरहेका छन् । युनाईटेड अरब इमिरेट्स (युएई) को दुबई क्रिकेट रंगशालामा जारी खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको छ ।

पहिलो खेलमा श्रीलंकासँग पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा रहेको छ । यस्तै, पहिलो खेलमा अफगानिस्तानमाथि पहिलो जित हात पारेको बंगलादेश सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाउन नेपाललाई हराउने योजनामा छ ।

एसीसीको आयोजनामा जारी प्रतियोगितामा एसियाका ८ देश सहभागी छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वतः छनोट भएका थिए ।

नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत वर्षको अक्टोबरमा भएको प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र युएई छन्  भने समूह ‘बी’ मा नेपाल श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।  समूहका शीर्ष २ टोलीले सेमिफाइनल पुग्नेछन् । फाइनल मंसिर २३ गते हुनेछ ।

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ११ : ०६ बजे

जसपाले लुम्बिनीका चार प्रदेश सांसदसहित दर्जनौं नेता-कार्यकर्तालाई गर्‍यो निष्कासन

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको नीति, सिद्धान्त, विधान

बागमतीमा आशा लामासहित पाँच राप्रपा सांसदलाई राप्रपाको स्पष्टीकरण, ह्विप उल्लंघन गरेको आरोप

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलले

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ– भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उनको परिवारसहित

ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा

वासिङ्टन- मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ

बोलिभियाको सैन्य परिसरमा विस्फोट, दुई जनाको मृत्यु, ८१ घाइते

वियाचा- बोलिभियाको एक सैन्य परिसरमा शुक्रबार भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा