मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो  « Khabarhub

मौद्रिक नीति पछिको शेयर बजार १० अंकले घट्यो 


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको समीक्षा गरेको थियो । तर मौद्रिक नीतिमा भने कुनै नीति परिवर्तन भने भएन । मौद्रिक नीतिको पहिलो शेयर बजारलाई भने लगानीकर्ताले राम्रोसँग भने लिएका छैनन् ।

अर्थात् मौद्रिक नीतिको समीक्षा पछिको शेयर बजार भने घटेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९९ अंकले घटेको छ । आइतबार नेप्से ०.३६ प्रतिशतले घटेर २७३८.०६ विन्दुमा पुगेको छ ।

आज नेप्से घट्दा ८ अर्ब ८३ करोड २२ लख २५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर कारोबार भएको छ ।

आज बजार घट्दा ६३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १७८ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आज २१४ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ६०२ पटक शेयर किनबेच भएको छ । आज १२ वटा कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ भने जानकी र नेपाल फाइनान्सको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

आज १३ वटा समूहमध्ये ३ समूह बढेको छ भने १० समूह घटेको छ । आज विकास बैंक समूह ४.५२ प्रतिशतले बढेर ६ हजार १२६.२७ विन्दुमा, होटल तथा पर्यटन ०.३० प्रतिशतले बढेर ६ हजार ९१७.२८ विन्दुमा र ट्रेडिङ समूह ९.०७ प्रतिशतले बढेर ४ हजार ६१२.८३ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी फाइनान्स समूह २.९६ प्रतिशतले घटेर ३ हजार ५३०.३९ विन्दुमा पुगेको छ ।

त्यस्तै, वाणिज्य बैंक १.४७ प्रतिशतले, हाइड्रोपावर १.१४ प्रतिशतले, लगानी १.१५ प्रतिशतले, जीवन बीमा १.३५ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.५७ प्रतिशतले, लघुवित्त ०.९२ प्रतिशतले, म्युचुअल फण्ड ०.२३ प्रतिशतले, निर्जीवन बीमा ०.०१ प्रतिशतले र अन्य समूह १.३५ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : १४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्