कीर्तिपुरमा ६७ प्रतिशत मतदान « Khabarhub

कीर्तिपुरमा ६७ प्रतिशत मतदान


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिकामा भएको मेयर र २ वटा वडाअध्यक्षको उपनिर्वाचनका क्रममा ६७ प्रतिशत मतदान भएको छ ।

नगरप्रमुखका लागि भएको मतदानमा २० हजार मत खसेको आयोगको प्रारम्भिक अनुमान छ ।

आयोगले अनुसार ६७ प्रतिशत मत खसेको अनुमान गरिएको जनाएको छ । आयोगका एक कर्मचारीले भने, ‘यो प्रारम्भिक विवरण हो । अहिले मतपेटिका शिल हुँदैछ पूर्णविवरण आउन बाँकी छ ।’

यहाँ जम्मा ३१ हजार १ सय २२ थिए । कीर्तिपुरमा ११ जना स्वतन्त्र उम्मेदवार र ८ जना दलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

यहाँको वडा नम्बर १ र ४ मा वडाध्यक्षको उपनिर्वाचन भएको छ ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ मा कीर्तिपुरको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार राजकुमार नकर्मी ९ हजार ४३ मतसहित विजयी भएका थिए ।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार केशरत्‍न बज्राचार्यलाई ३,५३६ मतान्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ५५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको