विवाहपञ्चमी महोत्सव सुरू ,पहिलो दिन नगर दर्शन मनाइयो (तस्बिरहरू) « Khabarhub

विवाहपञ्चमी महोत्सव सुरू ,पहिलो दिन नगर दर्शन मनाइयो (तस्बिरहरू)


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– आजदेखि विधिवत् रूपमा सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव पहिलो दिन आज नगर दर्शन सम्पन्न भएको छ।  विवाहपञ्चमीको पहिलो दिन आज जानकी मन्दिरको प्राङ्गणमा नगरदर्शन गरिएको हो ।

यस विधिको लागि मन्दिरको प्राङ्गन श्रद्धालु भक्तजन तथा दर्शनार्थीहरुको भीडले भरिको थियो । भगवान् राम र लक्ष्मण पहिलो पटक प्राचीन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतीकको रूपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो ।

विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरू आउन थालेका छन् । मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।

हेर्नुहोस् तस्बिरहरु

 

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ५ : ३० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब