सम्पत्ति शुद्धीकरणका घटनामा हङ्कङका वित्तीय संस्थाहरुको दुरुपयोग भइरहेकोमा चिन्ता « Khabarhub

सम्पत्ति शुद्धीकरणका घटनामा हङ्कङका वित्तीय संस्थाहरुको दुरुपयोग भइरहेकोमा चिन्ता


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – सम्पत्ति शुद्धीकरणका घटनामा हङ्कङमा रहेका वित्तीय संस्थाहरुको दुरुपयोग भइरहेको भन्दै अमेरिकी अधिकारीले चिन्ता व्यक्त गरेका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभअन्तर्गत चिनियाँ कम्युनिष्ट पार्टीको मामिलाबारे नीति निर्धारण गर्न गठित समितिका सदस्यले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टी मामिलाका लागि गठित हाउस सेलेक्ट कमिटिका अध्यक्ष जोन मूलेनार र सदस्य राजा कृष्णमूर्तिले सम्पत्ति शुद्धीकरण गर्न, अन्तर्राष्ट्रिय प्रतिबन्धबाट जोगिन र अन्य अवैध वित्तीय गतिविधिका लागि हङ्कङका वित्तीय संस्थाहरुको दुरुपयोग भइरहेको जनाएका हुन् ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनलाई पत्र लेख्दै उनीहरुको हङ्कङका वित्तीय संस्थालाई चीन, इरान, रुस, उत्तर कोरियाजस्ता मुलुकले दुरुपयोग गरिरहेको उल्लेख गरेका छन् ।

अमेरिकाले हङ्कङ नीति विधेयकअनुसार परम्परागत रुपमा हङ्कङलाई चीनभन्दा फरक व्यवहार गर्दै आएको छ । यसअनुसार अमेरिकाले हङ्कङसँग लागि विशिष्ट व्यापारिक सम्बन्ध स्थापित गरेको छ ।

यद्यपि चीनले हङ्कङमा सन् २०२० मा लागू गरेको राष्ट्रिय सुरक्षा कानुनले हङ्कङको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै अमेरिकामा चिन्ता व्यक्त हुँदै आएको छ । यससँगै अमेरिकाले हङ्कङबारे हालसम्म लिँदै आएका नीतिमा परिवर्तन हुनुपर्ने आवाज समेत उठ्दै आएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १२ : ०९ बजे

सरकारले छुट्टै मानसिक स्वास्थ्य नीतिको तयारी थालेको छः स्वास्थ्यमन्त्री गौतम

काठमाडौं– सर्वोच्च अदालतको परमादेशपछि मानसिक स्वास्थ्य सेवा विस्तार गर्न सरकारमाथि

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला