कञ्चनपुरको भीमदत्त-६ मा कांग्रेसका चन्द विजयी « Khabarhub

कञ्चनपुरको भीमदत्त-६ मा कांग्रेसका चन्द विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ को अध्यक्षमा नेपाली कांग्रेसका प्रकाशचन्द विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले एक हजार एक सय सात मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

चन्दका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बहादुर चन्दले चार सय ८७ मत प्राप्त गर्नुभयो। साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार भट्टले तीन सय ६९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का जितन्द्रबहादुर चन्दले दुई सय २५, राष्ट्रिय स्वतन्त्र पार्टीका रामदत्त भट्टले दुई सय १८ मत प्राप्त गरेका छन्।

साथै स्वतन्त्र उम्मेदवार थानेश्वर लेखकले एक सय ४२ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका हरिष डगौराले एक सय २७, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का नारा राम कोलीले एक सय २२, स्वतन्त्र उम्मेदवार युवराज चन्दले ९९, राष्ट्रिय प्रजातन्त्र पार्टी नपालका दिलबहादुर धामीले २४, नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले १२ र जनमत पार्टीका यादव बहादुर चन्दले पाँच मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ०८ बजे

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल