धनुषाधाम-१ मा माओवादीका कापर विजयी : एमाले चौथो स्थानमा « Khabarhub

धनुषाधाम-१ मा माओवादीका कापर विजयी : एमाले चौथो स्थानमा


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सुनिल कापर केवट निर्वाचित भएका छन्। आइतबार भएको उपनिर्वाचनमा केवटले छ सय ८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले छ सय दुई मत प्राप्त गरेका छन्। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले चार सय ९९, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमोद यादवले तीन सय ६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५, राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ०३ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर