दुल्लू नगरपालिका-१३ मा एमालेका शाही विजयी « Khabarhub

दुल्लू नगरपालिका-१३ मा एमालेका शाही विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको दुल्लू नगरपालिका-१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएका हुन्। उने पाँच सय ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन्। त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे।

निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए।

साथै दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदका लागि आइतबार नै भएको मतदानको मतगणना सुरु भएको छ। महाबुका छ वटै वडाका नौ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा छ हजार नौ सय ८९ मत खसेको थियो।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : ३२ बजे

फिफाको कारबाही: विपक्षीको खुट्टा भाँचिदिने कतारका खेलाडी मादिबोलाई ५ खेलको प्रतिबन्ध

भ्यानकुभर – विश्वकप फुटबल प्रतियोगिताका दौरान क्यानडाका मिडफिल्डर इस्माएल कोनेको

अनैतिक गतिविधिमा संलग्न २४ जना प्रहरीको नियन्त्रणमा

कैलाली– धनगढी उपमहानगरपालिका बजार क्षेत्रका विभिन्न होटलमा अनैतिक गतिविधि भइरहेको

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका

काठमाडौँ– दक्षिण अमेरिकी देश भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएको

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्यका लागि मतदान जारी

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत

हिमाली र पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना, तराईमा तातो दिन

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल