तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती « Khabarhub

तनवीरले पाँच विकेट लिएको खेलमा काठमाडौंले चितवनलाई दियो ११२ रनको चुनौती


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो खेलमा काठमाडौँ गुर्खाजले चितवन राइनोजलाई ११२ रनको चुनौती दिएको छ। सोमबार बिहान कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको काठमाडौंले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १११ रन बनाएको हो।

काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए। क्रिजमा टिकेर खेलका महर्जनले ४१ बलको सामना गर्दा एउटा मात्र चौका प्रहार गरे। माइकल लेभिटले १६ बलमा २५ रन बनाउँदा चार चौका र एक छक्का हिर्काए। शंकर रानाले १६ रन जोडेको खेलमा डान डौथवेटले नटआउट १८ बलमा १९ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन्।


पावर प्लेमै काठमाडौंको चार विकेट लिएको चितवनले काठमाडौंमाथि खेलको सुरुमै दबदबा बढाएको थियो। चितवनका लागि सोहेल तनवीरले पाँच विकेट लिँदा मार्की खेलाडी कुशल मल्ल, अमरसिंह रौतेला र ल्यूक मार्टिन बेनकेन्स्टाइन र रिजन ढकालले एकएक विकेट लिएका हुन्। चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

अहिले प्रतिस्पर्धामा रहेका यी दुवै टोली बागमती प्रदेशअन्तर्गतकै टोली हुन्। काठमाडौँ स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमाडौँ गुर्खाजको मार्की खेलाडीमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी छन्। उनीसँग विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूको राम्रो अनुभव छ।

काठमाडौँ गुर्खाजमा करण केसीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की र साहब आलम छन्। यस्तै यु–१९ बाट खेलेका दीपेश कँडेल तथा अन्य खेलाडीमा रासिद खान, कृष्ण कार्की, सुमित महर्जन, शङ्कर राना, राजु रिजाल, प्रतीक श्रेष्ठ र विवेक केसी छन्।

काठमाडौँ गुर्खाजमा पाँच विदेशी खेलाडी छन्। नामिबियाका कप्तान जेरार्ड इरासमस, नेदरल्याण्ड्सका माइकल लेभिट, इंग्ल्यान्डका स्टेफेन इस्कीनाजी, डान डौथवेट र नाथन सोटर छन्।

चितवन राइनोजका मार्की खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्ल हुन्। उनीसँग  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छ।

चितवन राइनोजमा मल्लसहित, अमरसिंह रौतेला, विपिन रावल, दीपक बोहरा, दिपेश श्रेष्ठ, गौतम केसी, कमलसिंह ऐरी, रञ्जितकुमार, रिजन ढकाल, सन्तोष कार्की, शरद भेस्वाकर छन्। त्यस्तै, विदेशी खेलाडी रवि बोपरा, मर्साडी लङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन, हसन इसाखिल, जान निकोल लोफ्टी–इटन छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ४३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान