एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार « Khabarhub

एनपीएल : सुदूरपश्चिमको विजयी सुरुवात, विराटनगरको दोस्रो हार


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले सानदार सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिमले पहिलो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर १ बलमा अलआउट हुँदै ९२ रनमा समेटियो ।

विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन जोडे । यस्तै, राजेश पुलामीले १५ तथा अनिल खरेलले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले तीन–तीन तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले एक–एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५७ रन जोडे । यस्तै, ब्रेन्डन मक्मेलनले ३६, विनोद भन्डारीले २३, इशान पान्डेले २१ रन बनाए ।

विराटनगरका लागि अनिल खरेलले तीन तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले एक–एक विकेट लिए ।

यो जितसँगै सुदूरपश्चिमले दुई अंक जोडेको छ । आफ्ना दुबै खेलमा पराजित विराटनगर अंकविहीन छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १२ : ३९ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ