जनताको जलविद्युत् कार्यक्रम कार्यविधि संशोधनको तयारी  « Khabarhub

जनताको जलविद्युत् कार्यक्रम कार्यविधि संशोधनको तयारी 


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जनताको जलविद्युत् कार्यक्रम (व्यवस्थापन र सञ्चालन) कार्यविधि २०७५ दोस्रोपटक संशोधनको तयारी गरेको हो।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले उक्त कार्यविधिको दोस्रो संशोधन गर्दै विपन्न नागरिकका लागि विना धितो सहुलियत दरमा कर्जाको व्यवस्था समेत गरेको हो ।

कार्यविधि संशोधनको बारेमा ऊर्जामन्त्री दीपक खड्काले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए । उनका अनुसार,मुलुकभरका विपन्न नागरिकको जीवनस्तर सुधार्दै देशलाई समृद्ध बनाउन ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत विपन्न नागरिकलाई जलविद्युतको शेयर सुनिश्चित गर्न उक्त व्यवस्था गर्न लागेको हो ।

 ‘जनताको जलविद्युत कार्यक्रम’को दोस्रो संशोधन गर्दै गरिब तथा विपन्न घरधुरीका लागि आयोजनाको क्षमता हेरेर दुई लाखदेखि अधिकतम पाँच लाखसम्म विना धितो सहुलियत कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था गरिएको हो ।

प्राकृतिक स्रोत माथिको अधिकार सवै नागरिकमा समान हुने भएकाले आर्थिक हिसावले विपन्न रहेका नागरिकलाई समेट्ने गरी जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागीता र स्वामित्व कायम गरी आन्तरिक पुँजी बजारको माध्यामबाट नेपाली नागरिकलाई जलविद्युत आयोजना गर्ने उदेश्यले शेयर लगानी गर्ने र त्यसको प्रतिफल जनताले सुनिश्चित गर्ने व्यवस्था गरिएको हो ।

सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाले नीतिगत सुधारका लागि सरकारले काम गरिरहेको मन्त्री खड्काको भनाई थियो । सुरुमा आयोजना प्रभावित जिल्ला र प्रसारण लाईन रहेका जिल्लाका विपन्न वासिन्दामा लागू गरिएपनि विस्तारै उक्त व्यवस्थालाई देशभर लागू गरिने मन्त्रालयले जनाएको छ ।

शेयर खरीदका लागि आयोजना निर्माण हुने जिल्लाभित्रका आिर्थक रुपले विपन्न पिछडिएका र गरिब नागरिकलाई बैँक तथा वित्तिय संस्थामार्फत शतप्रतिशत विना धितो सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउनका लागि कम्पनीले मन्त्रालयको सहयोग लिई आवश्यक व्यवस्था मिलाउने कार्यविधिमा उल्लेख छ ।

स्थानीय सरकारले दिएको घरधुरीको संख्याअनुसार गरिब तथा अति विपन्न वर्गको पहिचान गरी उनीहरुको शेयरको ग्यारेन्टी सरकारले लिनेछ । सरकारले जनताको जलविद्युत कार्यक्रमअन्तर्गत देशभर २२ जलविद्युत आयोजनालाई यसअघि नै अगाडि सारिसकेको छ ।

जसमा माथिल्लो त्रिशुली, माथिल्लो अरुण, अरुण किमाथाङ्का, घुन्साखोला, सिम्बुवाखोला, रसुवागढी, सान्जेन, अपर सेती, बुढीगण्डकी, भेरी बबई डाइभर्सन, चैनपुर सेतीलगायत रहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : २९ बजे

सौगात मल्ल : फिल्म नचल्दा पनि डिमान्डमा रहने नायक

काठमाडौं – नायक सौगात मल्ल सामाजिक सञ्जालमा कम सक्रिय हुन

नेपाली क्रिकेट टिमको वर्ल्ड कप जर्सीको मूल्य कति ?

काठमाडौं – भारत र श्रीलंकामा हुने सन् २०२६ आईसीसी पुरुष

एमाले सचिवालय बैठक च्यासलमा : के छन् एजेन्डा ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालयको बैठक सुरु भएको

चुनाव सुरुङमार्गको प्रवेशमै अल्झियो : गोकुल बास्कोटा

काठमाडौं – नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले फागुनमा घोषणा गरिएको

वीरगञ्जमा कर्फ्यूको समय थपियो

पर्सा – जिल्ला प्रशासन कार्यालयले पर्साले कर्फ्यूको समय थप गरेको