सम्हालिँदै लडखडाएको चितवन, रवि र कुशलको बलमा स्कोर १०० कटायो « Khabarhub

सम्हालिँदै लडखडाएको चितवन, रवि र कुशलको बलमा स्कोर १०० कटायो


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबारको दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच जारी छ ।

कीर्तिपुर मैदानमा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो पाएको चितवन सुरुवातीक्रमका तीन ब्याटर सस्तैमा पवेलियन फर्कदा संकटमा परेको छ । ५ दशमलव २ ओभरमा चितवनले तीन विकेटको क्षतिमा ४६ रन जोडेको हो ।

पहिलो ओभरको पाँचौँ बलमा चितवनले पहिलो विकेट ओपरन दीपक बोहोरालाई गुमायो । बोहोरा ४ बल खर्च २ रन मात्रै जोडे उनलाई पोखराका बिपिन कार्कीले बोल्ड गरे ।

हसन इसाखाइल १० बलमा १४ रन जोडे । उनलाई पनि बिपिनले नै कुशल भुर्तेलमार्फत क्याच आउट गराए ।

अर्का ब्याटर लुक बेन्केस्स्टाइनलाई बास दे लीडे कुशलमार्फत नै क्याच आउट गराए । बेन्केस्स्टाइनले १३ बलमा १६ रन जोड्न एक चौका र २ छक्का प्रहार गरे ।

अहिले ब्याटिकङमा कप्तान कुशल मल्ल र रवि बोपारा छन् । १० ओभरको समाप्तिमा चितवनले ९३ रन पुर्याएको छ । कुशलले १५ बलमा ३२ र रविले १८ बलमा २५ रन जोडेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  १ : ५६ बजे

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

आज २०८२ साल पुस १७ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन