दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन « Khabarhub

दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत चितवन राइनोजविरद्धको खेलमा पोखरा एजेन्जर्स संकटमा परेको छ । ४ ओभरमा ६ विकेट गुमाएर ७ रन मात्रै जोडेको छ ।

कीर्तिपुर मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरालाई पहिलो ओभरको पहिलो बलमै झड्का लाग्यो । पहिलो ओभरमै तीन विकेट गुमाए पोखरा दबाबमा परेको छ ।

ओपनर तथा कप्तान कुशल भुर्तेल चितवनका सोहल तनवीर पहिलै बलमा आउट भए । रनको खाता खोल्न असफल भुर्तेललाई सोहलले रवि बोपरामार्फ क्याच आउट गराए ।

कुशल बाहिरिएपछि क्रिजमा दिलिप नाथ आएका थिए । उनी पनि सोहलकै बलको शिकार भए । चार बलमा चार रन जोडेका उनलाई सोहलले दीपक बोहोरामार्फत क्याच आउट गराए ।

पोखरका अर्का खेलाडी बास दे लीडे पनि सोहलको बलबाट मैदान टिक्न सकेनन् । लीडे उनको पहिलो ओभरको अन्तिम बलमा लुक बेन्केस्स्टाइनमार्फत क्याच आउट भए । १ बल मात्रै खेलेका लीडेले पनि रनको खाता खोल्न सकेनन् ।

पहिलो ओभरमै धरमराएको पोखरा दोस्रो ओभरमा सम्हालिन खोज्यो । विकेट खसेन । तर तेस्रो ओभरकै पहिलो बलमा अर्का ओपरन दिनेश खरेल पनि आउट भए । १२ बल खर्चेका उनले १ रन मात्रै जोडे । उनलाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे ।

पोखराले विकेट गुमाउने क्रम यही रोकिएन । चौथो ओभरको तेस्रो बलमा किरण थगुन्नालाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे । किरणले दुई बलमा १ रन जोडे । चौथो ओभरको अन्तिम बलमा छटौं विकेट खस्यो । माइकल लिस्क रिजनकै बलमा रनको खाता नखोली एलबीडब्ल्यू आउट भए ।

यसरी ६ विकेट गुमाउँदा पोखरा चौथो ओभरको समाप्तिमा ७ रनको नाजुक अवस्थमा पुगेको छ । सोहल र रिजन दुवैले एक ओभरभित्र ३ विकेट लिएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : १९ बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने