दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन « Khabarhub

दोहोरो स्कोर नपुग्दै संकटमा पोखरा : ६ विकेट गुमाएर केबल ७ रन


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत चितवन राइनोजविरद्धको खेलमा पोखरा एजेन्जर्स संकटमा परेको छ । ४ ओभरमा ६ विकेट गुमाएर ७ रन मात्रै जोडेको छ ।

कीर्तिपुर मैदानमा चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य पछ्याएको पोखरालाई पहिलो ओभरको पहिलो बलमै झड्का लाग्यो । पहिलो ओभरमै तीन विकेट गुमाए पोखरा दबाबमा परेको छ ।

ओपनर तथा कप्तान कुशल भुर्तेल चितवनका सोहल तनवीर पहिलै बलमा आउट भए । रनको खाता खोल्न असफल भुर्तेललाई सोहलले रवि बोपरामार्फ क्याच आउट गराए ।

कुशल बाहिरिएपछि क्रिजमा दिलिप नाथ आएका थिए । उनी पनि सोहलकै बलको शिकार भए । चार बलमा चार रन जोडेका उनलाई सोहलले दीपक बोहोरामार्फत क्याच आउट गराए ।

पोखरका अर्का खेलाडी बास दे लीडे पनि सोहलको बलबाट मैदान टिक्न सकेनन् । लीडे उनको पहिलो ओभरको अन्तिम बलमा लुक बेन्केस्स्टाइनमार्फत क्याच आउट भए । १ बल मात्रै खेलेका लीडेले पनि रनको खाता खोल्न सकेनन् ।

पहिलो ओभरमै धरमराएको पोखरा दोस्रो ओभरमा सम्हालिन खोज्यो । विकेट खसेन । तर तेस्रो ओभरकै पहिलो बलमा अर्का ओपरन दिनेश खरेल पनि आउट भए । १२ बल खर्चेका उनले १ रन मात्रै जोडे । उनलाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे ।

पोखराले विकेट गुमाउने क्रम यही रोकिएन । चौथो ओभरको तेस्रो बलमा किरण थगुन्नालाई रिजन ढकालले एलबीडब्ल्यू आउट गरे । किरणले दुई बलमा १ रन जोडे । चौथो ओभरको अन्तिम बलमा छटौं विकेट खस्यो । माइकल लिस्क रिजनकै बलमा रनको खाता नखोली एलबीडब्ल्यू आउट भए ।

यसरी ६ विकेट गुमाउँदा पोखरा चौथो ओभरको समाप्तिमा ७ रनको नाजुक अवस्थमा पुगेको छ । सोहल र रिजन दुवैले एक ओभरभित्र ३ विकेट लिएका हुन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ३ : १९ बजे

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता

‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापनबारे ओमानसँगको वार्तामा प्रगति : इरान

तेहरान- इरानले रणनीतिक ‘स्ट्रेट अफ होर्मुज’ व्यवस्थापन तथा त्यहाँबाट पानीजहाजको

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आयोजित ‘राजधानी मार्च’ (तस्बिरहरू)

काठमाडौं– लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका