चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर छुट्टियो, अब अवतरणको चरणमा « Khabarhub

चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर छुट्टियो, अब अवतरणको चरणमा


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतले चन्द्र अभियानअन्तर्गत चन्द्रमामा पठाएको चन्द्रयान–२ को अर्बिटरबाट ल्याण्डर ‘विक्रम’ सोमबार सफलतापूर्वक अलग भएको छ । सोमबार सवा एक बजेको समयमा अर्बिटरबाट ल्याण्डर विक्रम अलग भएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको हो ।

आइतबार साँझ चन्द्रयान–२ लाई चन्द्रमाको पाँचौं तथा अन्तिम कक्षमा पठाइएको थियो । अहिले अर्बिटर र ल्याण्डरले यसै कक्षमा परिक्रममा गरिरहेका छन् ।

चन्द्रमादेखि यसको दूरी न्युनतम १ सय १९ किलोमिटर देखि अधिकतम १ सय २७ किलोमिटर रहेको छ ।

आगामी एक वर्षसम्म अर्बिटरले यसै कक्षमा रहेर चन्द्रमाको परिक्रममा गर्ने छ । ल्याण्डर भने अबको दुईसम्म आफ्नो कक्षलाई घटाउँदै चन्द्रमाबाट ३६ किलोमिटरको दूरीमा पुग्ने छ । यसबीचमा सेप्टेम्बर ३ अर्थात मंगलबार ल्याण्डरको एउटा परीक्षण गरिने छ । ल्याण्डरले ठीकसँग काम गरिरहेको छ कि छैन भनेर उक्त परीक्षण गरिन लागेको हो ।

केही परीक्षणसँगै आगामी सेप्टेम्बर ६ वा ७ तारिखको राति पौने २ बजेको समयमा ल्याण्डर चन्द्र सतहमा उत्रन सुरु गर्ने छ । १५ मिनेट लगाएर अवतरण गरेपछि ल्याण्डर चन्द्रमाको दक्षिणी ध्रुवमा उत्रने छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ७ : ३७ बजे

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट

रसुवा बाढीपीडित प्रहरी परिवार र विपद् कोषमा आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौं– नेपाल प्रहरीले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको परिवारलाई प्रहरी कर्मचारीबाट

अखिलले आफैँ वितरण गर्‍यो राहत

रसुवा–  नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले रसुवामा भाटेकोशी बाढीपीडितलाई