‘उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित’ « Khabarhub

‘उपनिर्वाचनमार्फत माओवादीको ‘एजेन्डा’ र अभियान जनअनुमोदित’


१८ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका ‘एजेन्डा’ र अघि बढाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको बताएको छ ।

उपनिर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचित जनप्रतिनिधिको सङ्ख्या र जनमतका हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरका रुपमा उपनिर्वाचनलाई लिइएको उनले उल्लेख गरे।

अध्यक्ष दाहालले उपनिर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतलाई आफ्नो पार्टीले ‘आफ्नो एजेन्डा र आफ्नै एकल पहिचान’का साथ प्रतिस्पर्धा गर्न प्राप्त गरेको जनादेशका रुपमा लिएको बताएका छन् । उनले जनविश्वासलाई अझ सुदृढ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

राजनीतिक उपलब्धिको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, फेरिएको व्यवस्थाअनुरुप जनताको अवस्था बदल्न र राज्यबाट हुने सेवा प्रवाहलाई सरल र सहज रुपमा जनताको घरदैलोमा पुर्‍याउने महत्वपूर्ण दायित्व स्थानीय सरकारको काँधमा रहेको जनाउँदै अध्यक्ष दाहालले माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई जनसेवामा परिचालन गरिने बताए ।

अध्यक्ष दाहालले स्थानीय तह उपनिर्वाचनमा आफ्नो पार्टीलाई अमूल्य मतदान गर्ने सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले निर्वाचित सबै जनप्रतिनिधिलाई बधाईज्ञापन गरेका छन्। उनले निर्वाचनमा अहोरात्र खट्ने पार्टीका नेता कार्यकर्ता, आम जनसमुदाय तथा निर्वाचन आयोग, राष्ट्रसेवक, सुरक्षा निकाय र सञ्चार क्षेत्रलाई धन्यवादज्ञापन गरेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ५ : ४१ बजे

इराकी सुरक्षाबलको कारबाहीमा सात आतंककारी मारिए

बग्दाद– इराकी सुरक्षाबलले दुई छुट्टाछुट्टै कारबाहीका क्रममा सात जना आतंककारी

पर्यटनको प्रतीक्षामा जिरी

दोलखा–  ‘स्विट्जरल्यान्ड अफ नेपाल’ को उपनामले परिचित जिरी दोलखा जिल्लाको

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज– निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता

अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने

एजेन्सी– अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्याण्डको राजधानी नूक