प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल र गौतम सिंगापुर जाने | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई भेट्न पौडेल र गौतम सिंगापुर जाने


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थिति बुझ्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेल र सचिवालय सदस्य वामदेव गौतम सिंगापुर जाने भएका छन् ।

महासचिव पौडेल र प्रस्तावित उपाध्यक्षसमेत रहेका गौतम मंगलबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जाने कार्यक्रम रहेको नेकपा स्रोतले जानकारी दियो ।

गत भदौ ५ गतेदेखि सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ८ : ११ बजे

कुशे औँसी :  संस्कार, श्रद्धा र सामाजिक शिक्षा

नेपालको सांस्कृतिक जीवन सदैव विविध पर्व र परम्पराले समृद्ध रहेको

प्रधानमन्त्री ओलीबाट कुशे औँसीको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुबाको मुख हर्ने दिन भाद्र

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर