सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ « Khabarhub

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा भएको छ । निरोज महर्जनको निर्देशन गरेको यस फिल्मको छायाङ्न बुधबार ३५ दिनमा पूरा भएको निर्माण पक्षले बताएको छ ।

निर्माता रौनकविक्रम कँडेलकाअनुसार काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा यसको छायाङ्कन गरिएको छ ।

पहिलो श्रृङ्खलाकी नायिका यो पटक दोहोरिएकी छैनन् । उनको स्थानमा सुपुष्पा भट्टको प्रवेश भएको छ । नायक विनय र कामेश्वर चौरासियालाई फेरि प्रमुख भूमिकामा देख्न पाइने बताइको छ ।

यो श्रृङ्खलामा निर्देशक पनि फेरिएका छन् । पहिलो श्रृङ्खलाको निर्देशन प्रनव जोशीले गरेका थिए । यो पकट निर्देशनको जिम्मेवारीमा निरोज महर्जन छन् ।

सिनेमा आर्ट्र्रसको प्रस्तुति र वी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : १७ बजे

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक