सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ « Khabarhub

सकियो ‘फेरि रेशम फिलिली’को सुटिङ


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’को छायाङ्कन पूरा भएको छ । निरोज महर्जनको निर्देशन गरेको यस फिल्मको छायाङ्न बुधबार ३५ दिनमा पूरा भएको निर्माण पक्षले बताएको छ ।

निर्माता रौनकविक्रम कँडेलकाअनुसार काठमाडौं, काभ्रेको पाँचखाल, बारा र चितवनमा यसको छायाङ्कन गरिएको छ ।

पहिलो श्रृङ्खलाकी नायिका यो पटक दोहोरिएकी छैनन् । उनको स्थानमा सुपुष्पा भट्टको प्रवेश भएको छ । नायक विनय र कामेश्वर चौरासियालाई फेरि प्रमुख भूमिकामा देख्न पाइने बताइको छ ।

यो श्रृङ्खलामा निर्देशक पनि फेरिएका छन् । पहिलो श्रृङ्खलाको निर्देशन प्रनव जोशीले गरेका थिए । यो पकट निर्देशनको जिम्मेवारीमा निरोज महर्जन छन् ।

सिनेमा आर्ट्र्रसको प्रस्तुति र वी मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्ममा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १० : १७ बजे

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११

भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं– चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका

कुनै समय बालेनलाई भोट मागेका भिक्टर भन्छन्- ‘घण्टेहरू’ पनि ‘झोले’कै बाटोमा लागे

काठमाडौं- कुनै समय काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर वालेन्द्र शाहका विश्वासपात्र