मंसिर २१ गते विवाहपञ्चमीमा दीपोत्सव गर्न मुख्यमन्त्री सिंहको आग्रह  « Khabarhub

मंसिर २१ गते विवाहपञ्चमीमा दीपोत्सव गर्न मुख्यमन्त्री सिंहको आग्रह 


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री सतिशकुमार सिंहले विवाहपञ्चमी महोत्सवको धार्मिकता, पौराणिकता र सांस्कृतिक वैशिष्ट्यलाई अक्षुण्ण राख्न तथा पर्वप्रति विद्यमान गहिरो आस्था अभिव्यक्त गर्न मंसिर २१ गते हरेक घरमा दीपोत्सव गर्न जनकपुरधामवासीलाई आह्वान गरेका छन् ।

मुख्यमन्त्री सिंहले विवाहपञ्चमीका दिन एघार वा एक्काइस वटा दीप भए पनि जनकपुरधामका प्रत्येक घर आँगनमा जलाएर राम जानकी विवाहप्रतिको श्रद्धाभक्ति तथा अनुष्ठान परम्परालाई थप भव्य बनाउन आग्रह गरेका हुन् ।

जनकपुरधाममा अयोध्याबाट आएका जन्ती विभिन्न कार्यक्रमहरूमा सरिक भइरहेको भन्दै देश तथा विदेशका विभिन्न ठाउँबाट मेला भर्न जनकपुरधाम आएका श्रद्धालुभक्तजनहरूलाई आफ्नै घरमा भए पनि वासको व्यवस्थापनमा सघाउन मुख्यमन्त्री सिंहले जनकपुरधामवासीसँग आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘घरपरिवारका सदस्यले उपयोग गर्नेबाहेकका अतिरिक्त कोठामा बाहिरबाट आएका श्रद्धालुहरूलाई जनकपुरवासीलाई वासको व्यवस्था गरिदिन म अनुरोध गर्दछु ।’

मुख्यमन्त्री सिंहले बाहिरबाट आएका श्रद्धालु भक्तजनलाई होटल तथा धर्मशाला आदिमा वास व्यवस्थापन नभए प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाले सहरका विभिन्न ठाउँमा बनाएका पालमुनि आराम गर्न सुझाएका छन् । उनले प्रदेश सरकारले जनकपुरधामका रेल्वे स्टेसन, तिरहुतिया गाछी, कलवार कुट्टी र मणिमण्डप तथा जनकपुरधाम उपमहानगरपालिकाले बाह्रबिघा मैदानमा बनाएका अस्थायी आवासमा आवश्यक भएकाहरूलाई बस्न सुझाएका हुन् ।

उनले हिँडडुल गर्न नसक्ने र श्वासप्रश्वासजस्ता रोगका समस्या भएकाहरूलाई मेला भर्न यस वर्ष पालो पर्खन भन्दै विवहोत्सवमा सहभागी हुन आउने श्रद्धालु भक्तजन तथा साधु सन्तलाई न्यानो लुगा, सुत्ने, ओढ्ने कम्बल तन्ना चादर आदि ल्याउन समेत आग्रह गरे ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ४५ बजे

इटहरीमा एम्बुलेन्सभित्र भेटियो साढे चार क्विन्टल गाँजा

काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा

सुनको मूल्य तोलाको ३ लाख २ हजार ३ सय रुपैयाँ पुग्यो

काठमाडौँ – बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी

भूमि प्रशासन बाँकेद्वारा ७४ करोड ८६ लाख रुपैयाँ राजस्व सङ्कलन

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले गत आर्थिक वर्ष २०८२–८३

राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता : के भयो कुराकानी ?

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री

एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन : केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ – नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको तेस्रो दिनको बैठक