अर्धशतक बनाउनबाट चुके शिखर धवन | Khabarhub Khabarhub

अर्धशतक बनाउनबाट चुके शिखर धवन


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा भारतीय ब्याटर शिखर धवन अर्धशतक बनाउनबाट चुकेका छन् ।

एनपीएलमामा दोस्रो अर्धशतक बनाउनबाट चुकेका उनी ४१ बलमा ४५ रन हान्दै आउट भए । उनले आफ्नो इनिङमा चार चौका र एक छक्का पनि हानेका छन्  ।

बिहीबार मात्रै कर्णालीको टोलीसँग होटल हिल्टनको छतमा जन्मदिन मनाएका उनले चितवन राइनोजविरुद्धको खेलमा राम्रो प्रदर्शनसहित टोलीलाई जितनजिक लगेर आउट भएका हुन् ।

कर्णालीका लागि एनपीएलको पहिलो खेलमा जनकपुर बोल्ट्ससँग कर्णाली याक्स स्तब्ध हुँदा नचलेका शिखरले काठमाडौंविरुद्ध ७२ रन बनाएका थिए ।

कर्णालीका प्रमुख आकर्षक भारतीय चर्चित ब्याटर शिखर धवन पहिलो खेलमा केबल १४ रनमै आउट भएका थिए ।

तर कर्णालीका लागि दोस्रो खेलमा धवनले शानदार ब्याटिङसहित अविजित रहँदै ५१ बलमा ७२ रन हानेका थिए ।

काठमाडौं गुर्खाजलाई १५० रनको लक्ष्य दिने क्रममा सुरुमा सम्हालिँदै खेलेका शिखरले अन्तिममा विस्फोटक ब्याटिङसहित दर्शकको मन जितेका थिए । यद्यपि यो खेल काठमाडौंले जितेको थियो ।

तेस्रो खेलमा भने कर्णालीले बलिङतर्फ हाबी हुँदै चितवनलाई केबल १३० रनमा समेटेको छ । त्यसपछि जारी जवाफी ब्याटिङमा शिखरले गतिलो प्रदर्शन गरेका हुन् ।

उनले ४५ रन बनाउँदा, देव खनालले २५ र चाडिक वाल्टनले ३० रन बनाएका छन् । अहिले क्रिजमा जिसम मसजुद र अर्जनु घर्ती छन् ।

कर्णालीले  ताजा अवस्थामा १७ ओभर खेल्दै ३ विकेटको क्षतिमा ११४ रन बनाएर जित नजिक छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  १२ : १५ बजे

गिरिजाबाबु लिगेसी हो, उहाँ नभएको भए वृहत शान्ति सम्झौता हुने थिएन : नेता आचार्य

काठमाडौं– नेपाली कांग्रेसका अग्रज नेता महेश आचार्यले लोकनायक गिरिजाप्रसाद कोइरालामा

नेपाल-चीन मित्रता वर्णन गर्ने दस्तावेज, ‘सुमधुर सम्बन्धका ७० साल’

काठमाडौं- नेपाल र उत्तरी छिमेकी जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध

एकीकृत समाजवादीले सोध्यो नेत्री झाँक्रीलाई स्पष्टीकरण

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण

मोहन बस्नेतलाई इङ्गित गर्दै गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री