जागिरको प्रलोभन देखाएर ६ जनाभन्दा बढी युवतीको शोषण, लाखौं लुटपाट « Khabarhub

जागिरको प्रलोभन देखाएर ६ जनाभन्दा बढी युवतीको शोषण, लाखौं लुटपाट


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– जागिर लगाई दिने भन्दै आधा दर्जन बढी युवतीहरुको शारीरिक शोषण गरी लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सप्तरीको अग्नीसाईर कृष्णा सवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादवलाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । एक वर्ष अघि मोरङ जिल्ला अदालतबाट एक युवतीको बला–त्कार तथा लुटपाट घटनामा दोषी ठहर भइ सजाय समेत तोकिएका फरार यादवलाई गोप्य सूचनाका आधारमा प्रहरीले केही दिन अघि मोरङको बुढी गंगा नगरपालिका ३ स्थित डेराबाट पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी यादवलाई सार्वजनिक गरिएको हो । उनले कुकृत्य लुकाउन समाजिक सञ्जाल इमोमा आफूलाई संजिव खड्का भनि चिनाउने गरेका थिए । उनले आधा दर्जन बढी युवतीको शारीरिक शोषण तथा लाखौं रुपैयाँ लुटपाट र ठगी गरेको अनुसन्धानबाट खुलेको डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीलाई शारिरिक तथा मानसिक यातना दिनुका साथै र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएका नियुक्ति पत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुन र चाँदीका गरगहना तथा नगद ३३ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

अभियुक्त यादवले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिन्छु भन्दै घरमै बोेलाई नियुक्ति पत्र समेत दिएर जबर्जस्ती करणी र लुटपाट गरेको विषयमा पीडितहरु प्रमाण सहित सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : ५९ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको