दाङको भमके खोलामा पुल निर्माण सुरू « Khabarhub

दाङको भमके खोलामा पुल निर्माण सुरू


२२ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङको गहते–बाघमारे–हापुरे सडकबीचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् ।

शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेपछि सहज हुने भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै, तुलसीपुर–१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने बताए । बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ । यसअघि पुल नहुँदा वर्षातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो ।

सडक बीचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ । त्यसका लागि शारदा निर्माण सेवासँग दुई करोड १२ लाख ६४ हजारमा सम्झौता भएको छ ।

साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ । बैलाहाखोलाको काम भने सुरू भएको छैन । गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले बताए ।

पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए ।

उनले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट बिनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको उनको भनाइ छ । अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ६ : ३७ बजे

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न समयमा तयार गरिएका तीन

सुनसरीमा बर्डफ्लु पुष्टि

सुनसरी – सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा

सर्वोच्च अदालतमा ४० प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौं– सर्वोच्च अदालतले गत आर्थिक वर्षमा १६ हजार ६३४ मुद्दा