बार्सिलोना बराबरीमा रोकियो « Khabarhub

बार्सिलोना बराबरीमा रोकियो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको शानदार प्रदर्शन निरन्तर रहे पनि शनिबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रियलबेटिससँग अङ्क बाँडेको छ। यी २ टोली बिच २-२ गोलको बराबरी भएको हो।

पहिलो हाफमा नै जुलेस काउन्डेको पासलाई उपयोग गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले यस सिजनमा बार्सिलोनाका सबै २१ खेलमा गरेर २३ गोल गरेका छन्।

दोस्रो हाफमा भने पहिलो हाफको तुलनामा रोमाञ्चक बनेको थियो। जियोभानी लो सेल्सोले ६८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गरेपछि बेटिस खेलमा फर्किएको थियो। ८२ औँ मिनेटमा फेरान टोरसेले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। अन्तिम सेकेन्डमा आसानो डियानोले गोल गर्दै बेटिसलाई १ अङ्क दिलाएका हुन्।

ला लिगाका अन्य खेलमा रायो भल्कानोले भ्यालेन्सियालाई १-० ले हरायो भने लास पल्मासले रियल भालाडोलिडलाई २–१ ले हरायो। यसै गरी रियल म्याड्रिडले गिरोनालाई ३-० ले हरायो।

शनिबारको बराबरीपछि बार्सीलोनामाथि धेरै दबाब थपिएको छ। १७ खेल खेलेको बार्सिलोना ३८ अङ्क सहित शीर्ष स्थानमा छ भने १६ खेल खेलेका रियल म्याड्रिड १६ अङ्कसहित दोस्रो स्थानमा छ। १५ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिड ३२ अङ्कसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ४१ बजे

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको