बार्सिलोना बराबरीमा रोकियो « Khabarhub

बार्सिलोना बराबरीमा रोकियो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोबर्ट लेवान्डोस्कीको शानदार प्रदर्शन निरन्तर रहे पनि शनिबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले रियलबेटिससँग अङ्क बाँडेको छ। यी २ टोली बिच २-२ गोलको बराबरी भएको हो।

पहिलो हाफमा नै जुलेस काउन्डेको पासलाई उपयोग गर्दै लेवान्डोस्कीले बार्सिलोनालाई अग्रता दिलाएका थिए। उनले यस सिजनमा बार्सिलोनाका सबै २१ खेलमा गरेर २३ गोल गरेका छन्।

दोस्रो हाफमा भने पहिलो हाफको तुलनामा रोमाञ्चक बनेको थियो। जियोभानी लो सेल्सोले ६८ औं मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गरेपछि बेटिस खेलमा फर्किएको थियो। ८२ औँ मिनेटमा फेरान टोरसेले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। अन्तिम सेकेन्डमा आसानो डियानोले गोल गर्दै बेटिसलाई १ अङ्क दिलाएका हुन्।

ला लिगाका अन्य खेलमा रायो भल्कानोले भ्यालेन्सियालाई १-० ले हरायो भने लास पल्मासले रियल भालाडोलिडलाई २–१ ले हरायो। यसै गरी रियल म्याड्रिडले गिरोनालाई ३-० ले हरायो।

शनिबारको बराबरीपछि बार्सीलोनामाथि धेरै दबाब थपिएको छ। १७ खेल खेलेको बार्सिलोना ३८ अङ्क सहित शीर्ष स्थानमा छ भने १६ खेल खेलेका रियल म्याड्रिड १६ अङ्कसहित दोस्रो स्थानमा छ। १५ खेल मात्र खेलेको एट्लेटिको म्याड्रिड ३२ अङ्कसहित तेस्रो स्थानमा छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ४१ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी