बिना मगरलाई सांसदको प्रश्न– भ्रष्टाचारमा कुरा नमिलेर सचिवको सरुवा भएको हो ? « Khabarhub

बिना मगरलाई सांसदको प्रश्न– भ्रष्टाचारमा कुरा नमिलेर सचिवको सरुवा भएको हो ?


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी सचिव गजेन्द्र ठाकुरसँग भ्रष्टाचारका विषयमा कुरा नमिलेका कारण सरुवा गरिएको भन्ने विषयमा सरकारको जवाफ मागेका छन् ।

संसदमा खानेपानीमन्त्री विना मगरसँग सांसद थापाले सरुवा भएका सचिव ठाकुरले मन्त्रीले पैसा मागेको, तर आफुले नदिएका कारण सरुवा भएको बताएको भन्दै जवाफ दिन माग गरे । सांसद थापाले भने,  ‘मेलम्चीको खानेपानी योजनामा भ्रष्टाचार भयो भन्ने मन्त्री र सचिवबीच आरोप प्रत्यारोप भइरहेको छ । दोषी को हो हामीले जान्न पाउनु पर्छ, दोषीलाई कारबाही हुनुपर्छ ।’

कांग्रेस सांसद डिला संग्रौलाले समेत भ्रष्टाचार गर्ने विषयमा कुरा नमिलेका कारण सरुवा भएको भन्ने विषयको जवाफ दिन माग गरिन् ।

जवाफमा मन्त्री मगरले आफू मन्त्री भएपछि धेरै काम भएको र तुलनात्मक रुपमा फड्को मारेको दाबी गरिन् । उनले सिएमसी कम्पनीको लापरवाहीका  कारण मेलम्चीको पानी  भनिएको समयमा काठमाडौंमा ल्याउन नसकेको बताइन् । मन्त्री मगरले टनेल, भेन्टिलेसनको काम अन्तिम चरणमा पुगेको भन्दै केही समयमै पानी काठमाडौं आउने बताइन् ।

उनले सिएमसी कम्पनीले मेलम्ची खानेपानी आयोजना छाडेर जाने वातावरण बनेपछि त्यसमा सरकार गम्भीर बनेको जानकारी दिइन् । उनले सिएमसी कम्पनीलाई काममा फर्काउने प्रयत्न गरिहेको पनि बताइन् ।

उनले सिएमसीलाई नै फिर्ता ल्याउने विषयमा समेत सरकारले छलफल गरिरहेको भन्दै ठेक्काको मान्यताभित्र रहेको सिएमसी काम गर्न चाहे फिर्ता ल्याउने बताइन् । मन्त्री मगरले पूर्वसचिव ठाकुरले उठाएको विषयमा आफु केही नबोल्ने बताइन् ।

उनले मेलम्ची राष्ट्रिय गौरबको आयोजना भएको र आफ्नो सफलतासँग जोडिएको भन्दै कसैको ‘गिद्दे नजर’ पर्न नदिने जिकिर गरिन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ०२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको