आँधीका कारण लिभरपुलको खेल रोकियो « Khabarhub

आँधीका कारण लिभरपुलको खेल रोकियो


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिबार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो।
चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरे।

खेलको ५६ औं मिनेटमा हुगको कर्नरमा म्याक्सेन लोक्रिक्सले हेड गोल गर्दै क्रिस्टल प्यालेसलाई दोस्रो पटक अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटमा रिको लेविसले सिटीका लागि बराबरी गोल गरे। ८४ औं मिनेटमा लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले साउथहम्टनलाई १-० ले हरायो भने न्यु क्याशल युनाइटेडले ब्रेन्टफोर्डसँगको खेलमा ४-२ को सफलता पायो। नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो।

अङ्क तालिकामा १४ खेल खेलेका लिभरपुल ३८ सहित पहिलो, चेल्सी २८ अङ्कसहित दोस्रो तथा समान अङ्क भएको आर्सनल तेस्रो स्थानमा छन्। १५ खेल खेलेको सिटी भने २७ अङ्कसहित चौथो स्थानमा छ। फरेस्ट र भिल्लाको २५ अङ्क छआँधीका कारण लिभरपुलको खेल रोकियो

काठमाडौं – डराग नामको आँधीका कारण लिभरपुल र एभरटिनको शनिबार साँझको हुने भनिएको इङ्लिस प्रिमियर सिपको खेल रोकिएको छ। अर्को खेलमा क्रिस्टल प्यालेस र म्यानचेस्टर सिटीले २-२ गोलको बराबरी गरे। खेलमा सिटी २ पटकपछि परेको थियो।
चौथो मिनेटमा डानियल मुनोजको गोलमा क्रिस्टल प्यालेसले अग्रता लिएको खेलको ३० औँ मिनेटमा एर्लिङ हलान्डले सिटीका लागि बराबरी गोल गरे।

खेलको ५६ औं मिनेटमा हुगको कर्नरमा म्याक्सेन लोक्रिक्सले हेड गोल गर्दै क्रिस्टल प्यालेसलाई दोस्रो पटक अग्रता दिलाएका थिए। त्यसको १२ मिनेटमा रिको लेविसले सिटीका लागि बराबरी गोल गरे। ८४ औं मिनेटमा लेविसले रातो कार्ड पाएपछि सिटी १० खेलाडीमा सीमित भएको थियो।

प्रिमियर सिपका अन्य खेलमा अस्टन भिल्लाले साउथहम्टनलाई १-० ले हरायो भने न्यु क्याशल युनाइटेडले ब्रेन्टफोर्डसँगको खेलमा ४-२ को सफलता पायो। नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई ३-२ ले हरायो।

अङ्क तालिकामा १४ खेल खेलेका लिभरपुल ३८ सहित पहिलो, चेल्सी २८ अङ्कसहित दोस्रो तथा समान अङ्क भएको आर्सनल तेस्रो स्थानमा छन्। १५ खेल खेलेको सिटी भने २७ अङ्कसहित चौथो स्थानमा छ। फरेस्ट र भिल्लाको २५ अङ्क छ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ७ : ४८ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ