अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन « Khabarhub

अर्थमन्त्री भन्छन्- प्रधानमन्त्रीसँग दूरी बढेको सत्य होइन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसँग आफ्नो दूरी बढेको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

आइतबार काठमाडौंमा फोटोपत्रकार क्लवले आयोजना गरेको पावरिङ नेपाल : ऊर्जा क्षेत्रमा एशियाली विकास बैंक–नेपाल साभेदारीको पाँच दशक शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गर्दै पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दूरी बढेको विषयमा प्रतिक्रिया दिनका लागि योग्य समाचार नभएकोसमेत बताए । उनले सस्तो अविश्वसनीय समाचारले कसैलाई फाइदा नगर्ने उल्लेख गरे  ।

पौडेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रूपमा सफल भएको र उपलब्धिपूर्ण रहेको उल्लेख गरे । नेपालको दीर्घकालीन विकास र छिमेकीको सम्बन्धका साथै नेपालको विदेश नीतिको दृष्टिकोणले पनि प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको उनको भनाइ छ ।

उनले चीन भ्रमणका प्रत्येक कुरामा सत्ताधारी दलबीच खुलस्त छलफल भएको र साझा दृष्टिकोणका आधारमा अघि बढिएको बताए ।

त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रका क्षेत्रमा देखिएको समस्या हल गरेका कारण  अर्थतन्त्रमा क्रमशः गति आउन सुरु गरेको जानकारी दिए।

उनले बैंकको तरलतालाई उत्पादन र रोजगारी सिर्जनाका लागि प्रयोग गर्ने सोच बनाएको उल्लेख गरे  ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ५ : ०७ बजे

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म

हलमा टिकट काटेर हेर्नुपर्ने फिल्म सोझै मोबाइलमा !

चलचित्र हलमा नयाँ फिल्म रिलिज हुन्छ। दर्शक टिकट काटेर हल

मर्स्याङ्दीमा जलसतह  घट्यो, तत्काल बाढीको जोखिम छैन : जिल्ला प्रशासन

लमजुङ– वर्षाका कारण  मर्स्याङ्दी नदीमा बढेको पानीको सतह र बहाव

नारायणी पुलमा अड्किएको राइनो क्रुज निकाल्ने काम सुरु (तस्बिर)

चितवन– नारायणी नदीले बगाएर पुलको पिलरमा अड्किएको ‘राइनो क्रुज’ निकाल्ने

विराट कोहलीले बनाए ऐतिहासिक कीर्तिमान: एकदिवसीयमा छिटो १५ हजार रन पुरा

काठमाडौँ – भारतीय ब्याटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा