सगरमाथा क्षेत्र पुगेर स्वदेश फर्किए शिखर धवन « Khabarhub

सगरमाथा क्षेत्र पुगेर स्वदेश फर्किए शिखर धवन


२३ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेलेका भारतीय चर्चित क्रिकेटर शिखर धवन सगरमाथा आधार शिविरक्षेत्रको भ्रमणपछि स्वदेश फर्किएका छन् ।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर धवन आइतबार हेलिकोप्टरबाट सगरमाथा आधार शिविर पुगेर केही समय बिताएपछि स्वदेश फर्किएका हुन् ।

सगरमाथा आधारशिविरको अवलोकनपछि शिखर धवन आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका हुन् ।

नेपाल आए कर्णाली याक्सबाट चार खेल खेलेका पशुपतिनाथको पनि दर्शन गरे । शिखरले आगामी मार्च महिनामा नेपाल आउने बताएका छन् ।

कर्णालीबाट चार खेलका क्रममा उनले एक अर्धशतकसहित १३६ रन जोडे । उनलाई कर्णालीले प्रत्येक खेलको ३० हजार डलर पारिश्रमिक दिने गरी ल्याएको बताइएको छ ।

शिखरले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव बटुलेको बताएका छन् । ‘राम्रो अनुभव बटुलेँ। नेपालका खेलाडीलाई केही सिकाउँदै मैले पनि केही मौका पाँए ।’

 

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ६ : ५८ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल