एनपीएल : सोमबारलाई ‘ब्रेक’, मंगलबार दुई खेल हुँदै « Khabarhub

एनपीएल : सोमबारलाई ‘ब्रेक’, मंगलबार दुई खेल हुँदै


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार कुनै पनि खेल राखिएको छैन। मंगलबार भने दुई खेल हुँदैछन्।

मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ। चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन।

मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दैछन्। चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ। कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा छ।

एनपीएल अन्तर्गतका १५ वटा खेल सकिँदा चार खेलमा अपराजित जनकपुर आठ अंकसहित शीर्ष स्थानमा छ । सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि रनरेटका आधारमा अंक तालिकामा सुदूरपश्चिम दोस्रो र चितवन तेस्रो स्थानमा छन् ।

चारमा दुई खेल जितेको कर्णाली चौथो स्थानमा छ भने एकएक खेल जितेका पोखरा, काठमाडौं र विराटनगर क्रमशः पाँचौ, छैटौ र सातौं स्थानमा छन् । तालिकाको पुछारमा रहेको लुम्बिनी भने चार खेल खेलिसक्दासमेत अंकबिहीन छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : १२ बजे

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

काठमाडौँ – भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो