सुजन चापागाईंको म्युजिकल फिल्म ‘मेरो अधुरो प्रेम’मा साइग्रेस « Khabarhub

सुजन चापागाईंको म्युजिकल फिल्म ‘मेरो अधुरो प्रेम’मा साइग्रेस


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गायक सुजन चापागाईंको नयाँ म्युजिकल फिल्म ‘एक्लै भए नि-मेरफ अधुरो प्रेम सार्वजनिक भएको छ । यसले बिछोड, पछुतो र बिछोडपछिको पीडालाई चित्रण गरेको छ ।

विशेषत: यो म्युजिकल फिल्मले अधुरो प्रेमको वेदना र प्रेम सम्बन्ध छुटेपछि पीडा देखाइएको छ ।

गीतमा हर्क साउदको शब्द, सुजन चापागाईं र विद्या तिवारीको स्वर छ । गीतमा संगीत भने सुजन चापागाईंले नै भरेका हुन् ।

अभिषेक सुवेदीले लेखन तथा निर्देशन गरेका भिडियोमा अभिनयको मुख्य भूमिका साईग्रेस र माया लुना खानले निभाएका छन्। अन्य कलाकारहरूमा शङ्कर पराजुली, सुधन पोखरेल र विजय नेपाल रहेका छन् ।

यो म्युजिकल फिल्म सार्वजनिक भएको १७ घण्टामा युट्युबमा करिब २ लाख पटक हेरिएको छ । साथै, स‌ंगीततर्फ युट्युबको ट्रेन्डिङ नम्बर ७ मा परेको छ ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : १४ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक