बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालले व्यक्तिगत रूपमा झूटो विवरण पेश गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका अध्यक्ष सिलवालले पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता र राहदानीमा केरमेट र जालझेल गरेको, ६६ वर्ष पुग्दा पनि अनिवार्य अवकाश नपाएको लगायतका विषयमा उजुरी परेको थियो ।

तिनै विषयमाथि अनुसन्धान गर्दा अनुसन्धान गर्दा उनको नागरिकता र राहदानीमा जन्म मितिको विवरण फरक–फरक देखिएको आयोगले जनाएको छ ।

आयोगका अध्यक्ष सिलवाल ६५ वर्ष पूरा भएर ०८० साउन १५ गते नै स्वतः अवकाश हुनुपर्ने थियो । तर, जानी जानी प्राधिकरणको अध्यक्षमा कायम रहिररहेको, उमेर ढाँटेर जन्म मिति हेरफेर गरेको, ३ वर्ष उमेर घटाएर राहदानी लिएको लगायत आरोपमा आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद–२ अनुसार मुद्दा चलाएको हो । आयोगले विशेषमा पठाएका फाइलमा सिलवालले ३६ लाख रुपैयाँ बढीको भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ४ : २० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको