तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक : शिक्षामन्त्री « Khabarhub

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक : शिक्षामन्त्री


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक सकारात्मक रहेको बताएकी छन् ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ माथि भएको सैद्धान्तिक छलफलमा उनले आँखा स्वास्थ्यको क्षेत्रमा उत्कृष्ट प्राज्ञिक केन्द्रका रूपमा विश्वविद्यालयको स्थापना हुनु राम्रो रहेको बताइन्।

उनले भनिन्, ‘आँखा शरीरको महत्त्वपूर्ण तथा संवेदनशील अङ्ग हो । आँखा स्वास्थ्य क्षेत्रमा यसको अध्ययन, अध्यापन, अनुसन्धान आवश्यक छ । विश्वविद्यालय निर्माण गर्न आवश्यक छ । यो विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्छ ।’

बैठकमा विधेयक संशोधन प्रस्तावकर्ता सांसद पदमबहादुर परियारले विधेयक समसामयिक रहेको बताउँदै नेपालमा आँखा स्वास्थ्यमा काम गर्ने अरू पनि संस्था रहेकाले उनीहरुलाई पनि समेट्ने विषयमा छलफल गर्नुपर्ने बताए।

संशोधन प्रस्तावकर्ता अर्का सांसद मदनकुमारी शाह (गरिमा)ले विधागत रूपमा विश्वविद्यालय बन्नु राम्रो थालनी भएको बताइन्।

उनले भनिन्, ‘दक्षताको हिसाबले पनि यो विश्वविद्यालय बन्नु राम्रो हो । यो स्वागतयोग्य निर्णय हो । तिलगङ्गाले आफैँ लेन्स उत्पादन गरेर निर्यात गर्नु पनि एकदमै राम्रो पक्ष हो ।’

समितिकी सदस्य सांसद जयन्तीदेवी राईले तिलगङ्गाले आँखा स्वास्थ्यमा सबैको मन जितिसकेको बताउँदै यो विधेयकलाई नरोक्न र यसलाई छिटो बढाउनुपर्ने बताइन्।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ५ : ४२ बजे

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

एजेन्सी– युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म

एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण (तस्बिरहरू)

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्ग स्थित प्रहरी

सुदूरपश्चिममा भुवा पर्वको रौनक : आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा

टुकुचा खोलाको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिँदै (तस्बिरहरू)

काठमाडौं– टुकुचा खोलाको पानी पिउन मिल्ने बनाउने लक्ष्यसहित प्रदूषित पानी