व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली « Khabarhub

व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन भएन : प्रदीप ज्ञवाली


२४ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको बताएका छन् ।

रामप्रसाद राई स्मृति प्रतिष्ठानले सोमबार काठमाडौँमा आयोजना गरेको बिचार गोष्ठीमा बोल्दै ज्ञवालीले मुलुकको व्यवस्था परिवर्तनसँगै अव जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत बताए ।

तीन–तीनवटा ठूला परिवर्तनपछि पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने उनले बताए । ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुक र जनताको अवस्थामा केही सुधार भएपनि क्रान्तिले लिएको लक्ष्यसम्म भने पुग्न नसकिएको धारणा राखे । परिवर्तनका शक्तिहरूले आफुलाई नियाल्दै आफ्ना काम–क्रियाकपालहरुलाई जनताको जिवनस्तरसंग जोड्न सक्नुपर्ने उनको भनाइ छ ।

ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरूलाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्नसक्नुपर्नेमा जोड दिए । उनले २००७ सालकोे राणाविरुद्धको क्रान्तिमा नेतृत्व गरेका रामप्रसाद राईका अधुरा सपनाहरुलाई साकार पार्दै अघि बढ्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ६ : ३७ बजे

अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाइयो 

काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने

उत्तरी नाइजेरियामा ६ जना धार्मिक गुरु अपहरण

जाम्फारा, नाइजेरिया- उत्तरी नाइजेरियाको जाम्फारा राज्यमा हतियारधारी समूहले ६ जना

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि