अमेरिकामा अघिल्लो साता भएको सनसनीपूर्ण हत्याकाण्डका आरोपी पक्राउ | Khabarhub Khabarhub

अमेरिकामा अघिल्लो साता भएको सनसनीपूर्ण हत्याकाण्डका आरोपी पक्राउ


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – बुधबार अमेरिकाको न्युयोर्कमा युनाइटेड हेल्थ केयर इन्सुरेन्सको प्रमुख कार्यकारी ब्रायन थोम्सनको हत्याका आरोपित २६ वर्षीय युवा गिरफ्तार भएका छन्। अमेरिकामा नै हल्लीखल्ली मच्चिएको तथा संसारकै सञ्चार माध्यमा प्राथमिकता पाएको सो हत्याकाण्डका आरोपी लुइगी म्यानगियोनलाई अमेरिकी प्रहरीले पेनेसेल्भिनियाबाट हिरासतमा लिएको हो। उनलाई मंगलबार अदालतमा उपस्थित गराइने छ।

व्यक्तिगत रिसाइबिको कारण सो हत्या भएको जनाइएको छ। प्रहरीले पत्रकार सम्मेलन गर्दै उनी शङ्कास्पद केही नक्कली आइडी कार्ड थियो। प्रहरी अनुसार उनो साथमा बन्दुक र मास्क पनि थियो। आई भी लिग विश्वविद्यालयबाट कम्प्युटर साइन्समा ग्र्याजुएट उनी भिडियो गेम प्रोग्राम बनाउने एउटा क्लबमा आबद्ध थिए। हिल्टनमा होटेलमा थोम्सनलाई गोली प्रहार गरिए पनि प्रहरीले शङ्कास्पद व्यक्तिको निरन्तर खोजी गरिरहेको थियो।

म्यानगियोनलाई थोम्सनको हत्या भएको सहर न्युयोर्कबाट चार सय ४५ किलोमिटर टाढा पेनेसेल्भिनियामा पक्राउ गरिएको हो। तत्काल उनलाई हतियारको बारे मुद्दा चलाइँदै छ। हत्याका बारे अझ छानबिन जारी छ। मेरिल्यान्डमा जन्मिएका उनले त्यहीँको बाल्टीमोरस्थित स्कुलबाट प्रारम्भिक शिक्षा लिएका थिए।

उनका कक्षका साथीहरूले जनाए अनुसार कक्षा कोठामा उनी शान्त थिए। साथै उनी बाल्यकलादेखि नै पढाइमा अब्बल मानिन्थे। चार वर्ष अघि नै पढाइ पुरा गरेका उनले सोही समयदेखि कम्प्युटर साइन्सको प्रोग्राम डेप्लपरको रूपमा विभिन्न कार्यालयमा जिम्मेवार तहमा रहेर काम गरेका थिए। सोमबार म्याकडोनाल्डमा पुगेका उनका बारेमा त्यहाँका कर्मचारीले शङ्का लागेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सार्वजनिक गरेको उनको तस्बिरसँग मिल्दो लागेका कारण त्यहाँका कर्मचारीले प्रहरीलाई खबर गरेका हुन्।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ६ : १९ बजे

विहार चुनाव : नेपाल-भारत सीमानाकामा आवागमन बन्द

काठमाडौं– भारतको विहार विधानसभाको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर राख्दै रौतहट

निर्वाचनको माहोल बनाउँदै प्रधानमन्त्री, भनिन्, ‘मतदाता परिचयपत्र बनाएर लोकतन्त्र मजबुत पारौं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

रास्वपाको विस्तारित बैठकमा गणेश कार्की छैनन् उपस्थित, दुई वर्षको लेबी पनि तिरेनन्

काठमाडौं- चितवनको सौराहामा जारी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकमा केन्द्रीय

प्रचारप्रसारको अभावले ओझेलमा पर्दै हतुवागढीको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका-१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

एकै ठाउँमा विप्लव, घनश्याम र जनार्दन, भने : पुरानै संरचनाले अब चल्दैन, नयाँ विकल्पमा जाऊँ

काठमाडौं- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी) का