रविको बयान चलिरहँदा वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन « Khabarhub

रविको बयान चलिरहँदा वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का कार्यकर्ताहरूले चितवनमा जस्तै मंगलबार पर्सामा पनि प्रदर्शन गरेका छन् ।

सरकारी वकिल कार्यालय वीरगञ्जमा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् ।

उनीहरूले राजनीतिक प्रतिशोधविरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध जुलुस निकालेका छन् ।

प्रदर्शनमा सहभागीहरूले रवि लामिछानेलाई न्याय दे, जनता झुक्क्याउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।

पर्सास्थित हाम्रो सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पोखराबाट काठमाडौं हुँदै जहाजमा लगिएको हो।

सानोपाइला सहकारीको ३३ करोड ५२ लाख रुपैयाँ अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  १ : ४० बजे

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता

प्रधानमन्त्री शाहले डेढ महिनामा गरेका काम सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको मातहतमा पछिल्लो डेढ महिनामा भएका