ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी | Khabarhub Khabarhub

ओपनर नचल्दा पनि पोखराविरुद्ध कर्णाली ७ विकेटले विजयी


२५ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गतको पोखरा एभेन्जर्सविरुद्धको खेलमा कर्णाली याक्सले ७ विकेटको सहज जित निकालेको छ ।

टस हारेर १०३ रनको लक्ष्यसहित जावाफि ब्याटिङमा उत्रिएको कर्णाली १५ ओभरमा लक्ष्य पूरा गरेको हो । कर्णालीले ३ विकेटको क्षतिमा १०६ रन बनायो ।

कर्णालीका ओपनर देव खनाल र बाबर हायत भने आजको खेलमा सस्तैमा पवेलियन फर्किएका थिए । उनीहरु दुवैले दोहोरो रन बनाउन सकेका थिएनन् ।

३० बल बाँकी रहेकै अवस्थामा कर्णालीले यसअघि पोखराबाट प्राप्त १०३ रनको चुनौतीलाई सजिलै आफ्नो पक्षमा पार्न सफल भएको हो ।

दुवै ओपनर सस्तैमा आउट भएपछि क्रिजमा गुलशन झा र चाडविक वाल्टनले कर्णालीलाई उकासे । उनीहरुले ६० रनको साझेदारी गरे ।

२४ बल ६ चौका र १ छक्काको सहयोमा४२ रन जोडेका वाल्टनलाई कुशल भुर्तेलले बोल्ड गरे । त्यस्तै गुलशन झा अर्धशतक प्रहार गर्न १ रनले चुके । उनले अविजित ४९ रन बनाए । ३४ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

विलियम बोसिस्टोको जविजित २ नै कर्णाली जितको लागि पर्‍याप्त बन्यो । बलिङतर्फ विपिन खत्री, सागर ढकाल कुशल भुर्तेलले समान १–१ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलबार  ३ : ४० बजे

लुम्बिनी प्रदेशले विकास समस्या समाधानका ११ विषय सङ्घीय समितिमा लैजाने

लुम्बिनी– लुम्बिनी प्रदेश विकास समस्या समाधान समितिको बैठकले विभिन्न ११

पाकिस्तानको शाहिन्सद्वारा नेपालका लागि एक सय ४५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं– अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१

‘उड्ने कार ल्यायौँ, अब ट्राइफिबियस कार बन्दैछ’

काठमाडौँ – अहिले भृकुटीपण्डपमा नाडा अटोमोबाइल्स एसोसिएसन नेपालले आयोजना गरेको

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार