२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै « Khabarhub

२१ वर्षपछि बागलुङमा सडक स्तरोन्नति गरिँदै


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो ।

काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय र प्रदेश सरकारको बजेटबाट गत वर्षदेखि नै स्तरोन्नति गर्न थालिए पनि कामले पूर्णता पाउन सकेको थिएन ।

आर्थिक वर्ष २०८०–८१ मा पहिलो खण्डअन्तर्गत सुलडाँडा–भुदीखोला स्तरोन्नति भएको र यस वर्ष दोस्रो खण्डको काम धमाधम भइरहेको छ ।

चालु आर्थिक वर्षमा भुदीखोला–पैराखर्कसम्मको साढे तीन किलोमिटर ग्राभेलिङ गरिने उनको भनाइ छ । यो सडकका निम्ति पाँच करोड विनियोजन भएको छ । गण्डकी प्रदेश सरकारले विनियोजन गरेको ५० लाख रुपैयाँले तेस्रो खण्डअन्तर्गत पैराखर्क–शिवालय–पिपलथर–करलिम पनि चालु आर्थिक वर्षमा नै स्तरोन्नति गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : ३९ बजे

कुलमानले भने- पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्त्वपूर्ण छ

कास्की– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको

कार्यकाल बाँकी हुँदै उपसभामुखको राजीनामा, गाडीसमेत बुझाएर सिंहदरबार छाडिन्

काठमाडौं- पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा

कुमारीको उपस्थितिमा सेतो मछिन्द्रनाथ स्नान (तस्बिरहरू)

काठमाडौं– यस वर्षको दशैंमा परिवर्तन भएकी कुमारी आर्या तारा शाक्यको

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोक्यो

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा