सुरुमै लड्खडायो लुम्बिनी, ओपनरसहित तीन ब्याटर दोहोरो रन नजोड्दै आउट « Khabarhub

सुरुमै लड्खडायो लुम्बिनी, ओपनरसहित तीन ब्याटर दोहोरो रन नजोड्दै आउट


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले दिएको १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सका सुरुवाती तीन ब्याटर सस्तैमा पवेलियन फर्किएका छन् ।

त्रिवि क्रिकेट मैदानमा काठमाडौंविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीका सुरुवाती तीन ब्याटरले दोहोरो रन बनाउन सकेनन् ।

पहिलो विकेटका रुपमा मैदानबाट बाहिरिएका ओपनर आशुतोष घिरिया १२ बल खर्चेर ४ रनमा आउट भए । उनी दीपेश कँडेलको बलमा माइलक लिभर्टमार्फत् क्याच आउट भएका हुन् ।

दोस्रो विकेटका रुपमा आउट भएका भएका अर्जुन साउदले १० बल खर्चेर ३ रन मात्रै बनाए । उनी पनि दीपेशकै बलमा आउट भएका हुन् ।

दीपेशले आशुतोष र अर्जुनलाई एकै ओभरमा आउट गरे । ३ ओभरको दोस्रो बलमा आशुतोष र ३ ओभरको अन्तिम बलमा अर्जुन आउट भएका हुन् ।

चार ओभरको अन्तिम बलमा टम मूर्स आउट भए । उनले पनि दोहोरो रन बनाउन सकेनन् । ५ बलमा १ चौकाको सहयोगमा ६ रन बनाएर उनी गेर्हार्ड इरास्मसको बलमा आउट भए ।

५ ओभरमा ३ विकेटको क्षतिमा लुम्बिनी १५ रनको धराशायी अवस्थामा पुगेको हो ।

अहिले क्रिजमा उन्मुक्त चन्द र कप्तान रोहित पौडेल छन् । ८ ओभर खेलिसक्दा लुम्बिनी ३ विकेट गुमाउँदै ३६ रनको अवस्थामा छ ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ३ : २३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल