सात वर्ष कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता « Khabarhub

सात वर्ष कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता


२६ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएन्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

साइबर ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ ।

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदाबी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिएका छन् ।

‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुरवापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।

डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप हुनु हो । पाँच वर्ष कैद तोकिए डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष हुन सक्छ। यसो हुँदा प्रसाईंलाई सात वर्षसम्म सजाय तोकिने सम्भावना छ।

मंसिर ४ मा पक्राउ परेका व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।

फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले सुरुमा उनलाई साइबरसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान थालेको थियो ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई प्रसाईंले नै धम्क्याउन लगाएको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंनिकट हरिचन्द्र फुँयालले उक्त कामका लागि आफूले ५ लाख रुपैयाँ लिएको पनि बयान दिएका छन्।

‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन्’, उनले भने । तर, प्रसाईंले बयानमा उक्त कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८१, बुधबार  ७ : १५ बजे

चितवनमा सङ्कलित शव समाधिस्थ गरिने

चितवन– रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका शव

भोटेकोशी बाढी : जलविद्युत सुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन

काठमाडौँ– सुनकोशी बाढीपछि त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको

अस्ताए कर्तव्यनिष्ठ अधिकृत यादव भण्डारी, भोटेकोशीले बगाएर पुर्‍यायाे नारायणी किनारमा

काठमाडौँ– गुल्मीको जन्मघरबाट सुरु भएको यादव भण्डारीको जीवनयात्रा सरकारी सेवामा

काठमाडौँ उपत्यकामा गाईजात्राको रौनक (तस्बिरहरू)

काठमाडौँ– परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजदेखि सुरु भएको छ ।

त्रिविका पदाधिकारी तथा कर्मचारीले दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले प्राकृतिक विपदबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका