धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा तीन जना पक्राउ « Khabarhub

धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा तीन जना पक्राउ


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नागार्जुन नगरपालिका–५ बस्ने २५ वर्षीय आकाश बस्नेतलाई धारिलो हतियार प्रहार गरी ज्यान लिएको अभियोगमा प्रहरीले तीन जालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईला शरणपुर बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल घर भएका १९ वर्षीय हिमांशु क्षेत्री, धादिङ गजुरी गाउँपालिका–२ का २० वर्षीय शाकार भनिने सागर तामाङ र दोलखा मेलुङ्ग गाउँपालिका–५ डाँडाखर्क घर भएका २३ वर्षीय सरोज भन्ने सुवाश श्रेष्‍ठ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले टोलीले घटना भएको भएको करिब आधा घण्टाभित्रै उनीहरूलाई काठमाडौं नागार्जुन नगरपालिका–४ स्थित कम्फर्ट कोलनीबाट नियन्त्रणमा लिएको हो । उनीहरुलाई आवश्यक कारबाहीका लागि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं नागार्जुन नगरपालिका–४ सितापाईलास्थित शरणपुरचोकमा झै–झगडा भएको भन्‍ने जानकारी प्राप्त हुनसाथ स्वयम्भू वृत्तबाट खटिएको प्रहरीले बस्नेतलाई धारिलो हतियार प्रहारबाट घाइते भएको अवस्थामा फेला पारेको थियो ।

घाइते बस्नेतलाई उपचारका लागि मनमोहन अस्पताल स्वयम्भूमा पठाइएकोमा उनको उपचारको क्रममा ज्यान गएको थियो ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ५ : १० बजे

चुनाव जितेपछि भाजपा कार्यकर्ताले कोलकातास्थित टीएमसी कार्यालयमा चलाए बुलडोजर

कोलकाता- भारतको पश्चिम बंगालमा विधानसभा चुनावको नतिजा सार्वजनिक भएसँगै राजनीतिक

प्रहरी परिवारका लागि निःशुल्क आँखा स्वास्थ्य सेवा

विराटनगर- नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति सङ्घबीच बहालवाला तथा

टेक्सासमा भएको गोली हानाहानमा, दुई जनाको मृत्यु, तीन घाइते

एजेन्सी– अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

टक्सार– जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक

संविधान संशोधनबारे पूर्वमहान्याधिवक्ताहरूसँग संवाद गर्दै कार्यदल

काठमाडौं– संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज