राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने  | Khabarhub Khabarhub

राधी विद्युत् कम्पनीको ५ प्रतिशत बोनस घोषणा, हकप्रद शेयर पनि जारी गर्ने 


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट शेयर धनीलाई बोनस घोषणा गरेको छ ।

कम्पनीका सचिव लफिन काजी बज्राचार्यका अनुसार शेयरधनीका लागि कम्पनीले ५ प्रतिशत बोनस घोषणा गरेको हो ।

कम्पनीले चुक्ता पुँजीको ८ करोड ३३ लाख ९० हजार ४७० रुपैयाँ बराबरको हुन आउने ८ लाख ३३ हजार ९०४ कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४३ लाख ८८ हजार ९७२ रुपैयाँ बराबरको ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।

कम्पनीले बोनस पारित गर्न पुस १८ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले पुस ४ गतेलाई बुक क्लोज मिति तय गरेको छ । पुस ४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र  साधारणसभामा भाग लिन पाउने र प्रस्तावित लाभांश पाउने छन् ।

यसैबीच बोनस दिएपछि कम्पनीले हकप्रद शेयर पनि जारी गर्ने भएको छ । कम्पनीका सचिव बज्राचार्यका अनुसार बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजीको १ः०.६९८९ शेयरको अनुपातमा प्रतिशेयर १०० रुपैयाँका दरले १ करोड २८ लाख ५२ हजार ६२६ कित्ता हकप्रद शेयर जारी हुनेछ ।

उक्त हकप्रद शेयर विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि आगामी साधारणसभाले पास गरेपछि जारी गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ११ : ०९ बजे

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा

साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन

स्काउटसँग जोडेर उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत

काठमाडौं – नेपाल स्काउटले ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्कालाई

‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन

म्याग्दी – म्याग्दीमा यस वर्ष धानको उत्पादन बढेको छ ।

नबिल बैंकले १० प्रतिशत नगद लाभांश दिने

काठमाडौं– नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको