अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा | Khabarhub Khabarhub

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोगले इस्लामिक स्टेट (आइएस) समूहले गरेको आक्रमणको निन्दा गरेको छ ।
राजधानी काबुलस्थित गृह मन्त्रालयको कार्यालयमा बुधबार अपराह्न भएको आत्मघाती बम विस्फोटमा परी शरणार्थी तथा स्वदेश फिर्तीमन्त्री खलील योर रहमान हक्कानीको मृत्यु भएको थियो ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रसङ्घीय सहायता मिसन (युएनएएमए) ले पीडित परिवारप्रति समवेदना प्रकट गर्दै भनेको छ, ‘स्थिरताको खोजीमा आतङ्कवादका लागि कुनै स्थान हुन सक्दैन ।’
कतार, साउदी अरब, पाकिस्तान र इरानसहित युरोपेली सङ्घ र अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशनले पनि आक्रमणको निन्दा गरेको छ ।
संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको सूचीमा रहेका हक्कानी तालिबानको दुई दशक लामो विद्रोहका क्रममा भएका केही हिंसात्मक आक्रमणका लागि जिम्मेवार हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ थिए।
उनी वर्तमान गृहमन्त्री सिराजुद्दीन हक्कानीका काका पनि हुन्। खलील योर रहमान हक्कानीको अन्त्येष्टि बिहीबार काबुलको दक्षिणमा पर्ने पक्तिया प्रान्तमा गरिने भएको छ ।
इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ र एक आक्रमणकारीले मन्त्रालयभित्र आत्मघाती आक्रमण गराएको बताएको छ । सन् २०२१ मा तालिवान सत्तामा फर्किएपछि कुनै मन्त्रीलाई लक्षित गरी गरिएको यो पहिलो आक्रमण हो ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  २ : ३० बजे

उद्योग संगठन मोरङ र टीयूबीच स्टार्टअप सञ्चालन सम्झौता

विराटनगर – उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालयबीच व्यवसाय सम्वर्द्धन केन्द्र

एक वर्षमा ८९६ अंकले बढ्यो नेप्से, पुँजीकरणमा १५ प्रतिशतले वृद्धि

काठमाडौं– एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८९६ अंकले

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास

काठमाडौं– काठमाडौं जिल्ला अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई साइबर

एफएनसीसीआई अध्यक्ष बन्न चुनाव नै लड्नुपर्ने, अञ्जनलाई स्वतः मौका

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्ष पदका

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर