दक्षिण चीन सागरमा चिनियाँ नौसेनाले माझीमाथि दुर्व्यहार गरेको फिलिपिन्सको आरोप « Khabarhub

दक्षिण चीन सागरमा चिनियाँ नौसेनाले माझीमाथि दुर्व्यहार गरेको फिलिपिन्सको आरोप


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव जारी छ । हालै फिलिपिन्सले चिनियाँ नौसैनिक बलका सैनिकले आफ्ना माझीलाई दुव्र्यवहार गरेको आरोप लगाएको छ ।

फिलिपिनी तटरक्षक बलले पश्चिम फिलिपिनी सागरस्थित रोजुल रिफ क्षेत्रमा माछा मारिरहेका आफ्ना माझीलाई लक्षित गरी चिनियाँ नौसेनाले हेलिकोप्टरको प्रयोग गरी दुव्र्यवहार गरेको जनाएको हो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिनी सागरको नामले सम्बोधन गर्छ ।

घटना भएका बेला सो क्षेत्रमा २० भन्दा धेरै माछा मार्ने डुङ्गा रहेको फिलिपिनी तटरक्षा बलका प्रवक्ता कोमोडोर जे टारेइलाले बताएका छन् ।

चिनियाँ कदमको जवाफस्वरुप फिलिपिन्सले पनि दुई वटा नौसैनिक युद्धपोत तैनाथ गरेको जनाइएको छ । दक्षिण चीन सागरमा लामो समयदेखि सार्वभौमिकताका विषयमा चीन र फिलिपिन्सबीच विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ३५ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा