दक्षिण चीन सागरमा चिनियाँ नौसेनाले माझीमाथि दुर्व्यहार गरेको फिलिपिन्सको आरोप « Khabarhub

दक्षिण चीन सागरमा चिनियाँ नौसेनाले माझीमाथि दुर्व्यहार गरेको फिलिपिन्सको आरोप


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण चीन सागरमा चीन र फिलिपिन्सबीच तनाव जारी छ । हालै फिलिपिन्सले चिनियाँ नौसैनिक बलका सैनिकले आफ्ना माझीलाई दुव्र्यवहार गरेको आरोप लगाएको छ ।

फिलिपिनी तटरक्षक बलले पश्चिम फिलिपिनी सागरस्थित रोजुल रिफ क्षेत्रमा माछा मारिरहेका आफ्ना माझीलाई लक्षित गरी चिनियाँ नौसेनाले हेलिकोप्टरको प्रयोग गरी दुव्र्यवहार गरेको जनाएको हो । फिलिपिन्सले दक्षिण चीन सागरलाई पश्चिम फिलिपिनी सागरको नामले सम्बोधन गर्छ ।

घटना भएका बेला सो क्षेत्रमा २० भन्दा धेरै माछा मार्ने डुङ्गा रहेको फिलिपिनी तटरक्षा बलका प्रवक्ता कोमोडोर जे टारेइलाले बताएका छन् ।

चिनियाँ कदमको जवाफस्वरुप फिलिपिन्सले पनि दुई वटा नौसैनिक युद्धपोत तैनाथ गरेको जनाइएको छ । दक्षिण चीन सागरमा लामो समयदेखि सार्वभौमिकताका विषयमा चीन र फिलिपिन्सबीच विवाद रहँदै आएको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ९ : ३५ बजे

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन