पाकिस्तानमा नोभेम्बर महिनामा आतंककारी आक्रमण बढे | Khabarhub Khabarhub

पाकिस्तानमा नोभेम्बर महिनामा आतंककारी आक्रमण बढे


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा अघिल्लो महिनाको तुलनामा नोभेम्बर महिनामा आतंककारी आक्रमणका घटनामा वृद्धि भएको पाइएको छ । नोभेम्बर महिनामा पाकिस्तानमा ६१ वटा आतंककारी आक्रमणका घटना भएका छन् ।

जुन अघिल्लो महिनाको तुलनामा २७ प्रतिशतले बढी हो । यस अवधिमा आतंककारी आक्रमणका क्रममा मृत्यु हुनेको सङ्ख्या पनि बढेको छ ।

राजधानी इस्लामावादमा रहेको पाक इन्स्टिच्युट फर पिस स्टडिजले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नोभेम्बर महिनामा आतंककारी आक्रमणका कारण १ सय ६९ जनाको ज्यान गएको छ ।

अघिल्लो महिना यस्ता घटनामा १ सय जनाले ज्यान गुमाएका थिए । समीक्षा अवधिमा आतंककारी आक्रमणका कारण २ सय २५ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ३ : ३७ बजे

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ

राष्ट्रलाई संकटबाट मुक्त गर्न एमालेको भूमिका सशक्त : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रलाई संकटबाट

त्रिपुरासुन्दरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख

प्रचण्ड-माधव नेतृत्वको नेकपालाई केपी ओलीले दिए वृद्धाश्रमको संज्ञा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकम दाहाल प्रचण्ड