बेलायतमा हाडा नाता बिहेवारी बढेपछि प्रतिबन्ध लगाउन माग « Khabarhub

बेलायतमा हाडा नाता बिहेवारी बढेपछि प्रतिबन्ध लगाउन माग


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायतका एक कन्जरभेटिभ नेताले काका भाइ बहिनीबीचको विवाहमा प्रतिबन्ध लगाउन संसदमा माग गरेका छन् । बेलायती मिडियाहरूका अनुसार सांसद रिचर्ड होल्डनले बुधबार प्रस्ताव प्रस्तुत गर्दा काका भाइबहिनीबीचको विवाहबाट जन्मिने बालबालिकामा रोग र अपाङ्गताको जोखिम निकै बढेको बताए । जसका कारण जनस्वास्थ्य प्रणालीलाई असर गरिरहेको छ ।

अक्सफोर्ड जर्नल अफ ल एन्ड रिलिजन रिसर्चलाई उद्धृत गर्दै सांसदले भने कि यस्ता विवाहबाट जन्मिएका बालबालिकामा सामान्य बालबालिकाको तुलनामा आनुवंशिक रोग लाग्ने सम्भावना दोब्बर हुन्छ । यो प्रथा महिलाको सुरक्षाका लागि पनि खतरा हो ।

होल्डनले यो पनि भने कि, ‘यो अभ्यास आधुनिक ब्रिटिश समाजको लागि बिल्कुल ठीक छैन। हजुरबा हजुरआमाको पालाको तुलनामा अहिले अवस्था नाजुक बन्दै गएकाले देशका लागि चिन्ताजनक अवस्था सिर्जना भएको छ ।’

होल्डनले भने कि बेलायतका केही आप्रवासी समुदायहरू जस्तै ब्रिटिश–पाकिस्तानी र आयरिशहरू काका भाई बहिनीहरू बीच विवाहको उच्च दर छ। यीमध्ये करिब ४० प्रतिशत विवाह पहिलो कजनमा बीचमा नै हुने गर्दछ।

सांसदले भने कि संसारभरि करिब १० प्रतिशत बिहे काकाका भाइ बहिनीबीच हुने गरेको छ । अफ्रिकाको सहारा क्षेत्रमा ३५ देखि ४० प्रतिशत मानिसहरूले चचेरी बहिनीसँग विवाह गर्छन्। यो संस्कृति मध्य पूर्व र दक्षिण एशियामा पनि धेरै सामान्य छ। पाकिस्तानका केही भागहरूमा यो ८० पुगेको छ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ८ : ३० बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका