एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, के–के छन् एजेन्डा  « Khabarhub

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक, के–के छन् एजेन्डा 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । १२ बजेदेखि बस्ने बैठकमा नेताहरू केन्द्रीय कार्यालय आलोकनगरमा जम्मा भइरहेका छन् ।

आजको बैठकमा महासचिव धनश्याम भुसालले बुधबार आन्तरिक छलफलका लागि प्रस्तुत गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको दस्ताबेजबारे छलफल हुने एजेन्डा छ ।

त्यसपछि पार्टीबाट ३० वटा विभागका प्रमुखहरूको टुङ्गो लगाइने उपाध्यक्ष जगन्नाथ खतिवडाको भनाइ छ ।

एकीकृत समाजवादीले ३० वटा विभागको जिम्मेवारी टुङ्ग्याउन सकेको छैन । सबै विभागको जिम्मेवारी बाँडफाँड गर्ने भन्दै समाजवादीले बुधवारदेखि दुई दिनसम्म पार्टीको स्थायी कमिटी बैठक राखेको थियो ।

बुधबार बैठकले स्थायी कमिटीमा १७ नेता थपेको छ । बैठकमा पार्टी महासचिव घनश्याम भुसालले प्रारम्भिक प्रस्ताव राखे  । उक्त प्रस्ताव अध्याय र छलफल गर्ने भन्दै बिहीबार नेताहरूले बैठक नै स्थगित गरेर विभागको जिम्मेवारीबारे आन्तरिक छलफल गरे । त्यसपछि आज र भोलिमा विभागका प्रमुखहरू टुङ्गो लगाउने तयारी छ ।

समाजवादीले पार्टीको दसैँ महाधिवेशनमा हारेका नेताहरूलाई पनि समेटेर विभागका प्रमुखहरू टुङ्ग्याउने तयारी गरेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ११ : ४५ बजे

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन