नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन  « Khabarhub

नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल चिकित्सक सङ्घको चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलन आज र भोलि चल्नेछ ।

सम्मेलनमा सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्यका प्राथमिकता, बजेट, सरकारले ध्यान नदिएका यथेष्ट विषयहरुमा छलफल हुने बताए।

उनले भने, ‘सरकारले यी विषयमा जति गर्नुपर्ने हो त्यो गर्न सकेको छैन । निजी र गैरसरकारी क्षेत्रले गरेको स्वास्थ्यको लगानीमा अझै सरकार गम्भीर बन्न सकेको छैन । तेस्रो सम्मेलनका प्राथमिकता केही पूरा भएका छन् र अरु थप गर्नुपर्नेछ ।’

सङ्घका महासचिव डा. सञ्जिव तिवारीले सम्मेलनमा विषयविज्ञ, प्रबुद्धवर्ग, नेतृत्वकर्ता तथा सरोकारवालाहरुको प्रत्यक्ष सहभागितामा नीतिगत विचार विमर्शमार्फत सैद्धान्तिक बहस हुने जानकारी गराए।

‘हेल्थ बियोन्ड हेल्थ’ नामक मुख्य सन्देश सहित सुरु भएको सम्मेलनको पूरक सन्देश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अन्य मन्त्रालयलगायत विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायहरुसँग छलफल गरी दिगो विकास लक्ष्यतर्फ अग्रसर हुन एकीकृत रणनीति बनाउने रहेको डा तिवारीले बताए ।

सम्मेलनमा प्रस्तुत कार्यपत्र, छलफल र निचोडलाई एकीकृत गरी अघिल्लो वर्ष झैँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत देशभरका सरोकारवाला निकायमा सुझाव सम्प्रेषण गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  १ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया