काठमाडौं– नेकपा माओवादी केन्द्र स्थायी समितिको बैठकले माओवादी सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको बताइएको छ ।
आज बसेको स्थायी समितिको बैठकले स्थानीय चुनाव पार्टीले उत्साहजनक मत ल्याएको निष्कर्ष निकालेको छ ।
बैठकबारे जानकारी दिँदै प्रवक्ता अग्नि सापकोटाले स्थानीय तह निर्वाचनले दुई दलीय व्यवस्थातर्फ देश जान नसक्ने सन्देश दिएको समेत बताए ।
माओवादी पार्टी सत्तातिर होइन जनतातिर फर्किनुपर्छ भन्ने सन्देश दिएको छ । प्रवक्ता सापकोटाले भने, ‘ यो सरकारप्रति हरेक पक्षमा जनतामा असन्तुष्टि, निराशा र आक्रोश पनि देखिएको छ ।’
सापकोटाका अनुसार पुस २१ गते देखि पार्टीले केन्द्रीय समिति समेत बोलाएको छ । त्यसअगाडि पुस १८, १९ र २० गते स्थायी समिति बैठक बोलाएको छ ।
आजको बैठकमा थोरै मेहनत गरेको भए कीर्तिपुरको निर्वाचन समेत जितिने आकलन नेताहरूले गरेका छन् ।
यस्तै आधार इलाकामा पनि जनताका कुरा सुन्न नेताहरू पुगिरहे माओवादीप्रति जनता खुसी रहने छलफल चलेको छ ।
प्रतिक्रिया