मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री  « Khabarhub

मुलुकको विकासमा सरकारको ध्यान केन्द्रित छ : प्रधानमन्त्री 


२८ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं. १, २ र ७ का प्रशासनिक भवन र नगर गौरवको आयोजना बहुउद्देश्यीय कपन ह्याण्डल मैदानको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सहज रूपमा जीवनयापन गर्नका लागि बाटाघाटा, विद्युत बिस्तार, खानेपानीलगायत बिस्तारका कार्य गरेको र सरकारको ध्यान मुलुकको विकासमा केन्द्रित रहेको बताएका हुन् ।

केही मान्छेको सानो स्वार्थमा मुलुकको व्यापक हितलाई ओझेलमा पार्न नहुने भन्दै उनले विकासका कामलाई एकताबद्ध भएर अघि बढाउन आग्रह गरे ।

उनले अहिले असभ्यताको प्रवृत्ति देखिएको र यो नेपालीपन संस्कृति नभएकाले स्वीकार गर्न नसकिने धारणा राखे ।

उनले राष्ट्रिय एकता कायम गरी देश बनाउने र मुलुकमा सुशासन कायम गर्ने स्पष्ट पारे  । प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासका लागि पूर्वाधार बनाउने काममा तीव्रता दिइएको सरकारको योजनाका साथ काम भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ६ : ४३ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको